जेठ १४,
एन.बी.कंडेल /ग्लोबल आवाज
बुटवल । बिप्लब नेतृत्वको नेकपाको बन्दमा पनि रूपन्देहीको देवदह नगरपालिका–६ स्थित गौतमबुद्ध राष्ट्रिय उद्यान, ज्योतिनगरमा निकै भिड लागेको थियो । डेढ दर्जनभन्दा बढी कलाकारहरु काठमा बुद्ध र बुद्धसँग सम्बन्धित विषयहरुका आकार बनाउँदै थिए भने स्थानीय लगाएत सो कला हेर्न अन्यको पनि उपस्थिति रहेको थियो । ‘देवदहका पार्कलाई कलाले सजाऔं, ऐतिहासिक देवदहलाई विश्वमा चिनाऔं’ भन्ने नाराका साथ आयोजना भएको राष्ट्रिय काष्ठकला कार्यशाला अन्तर्गत उक्त स्थानमा कलाकारहरुले व्यग्र भएर काठमा बुद्धका आकार बनाउँदै थिए।
सो स्थानमा ३२ वर्षदेखि काष्ठ कलामा हात चलाउँदै आएका गुल्मी घर भई काठमाण्डौं बस्दै आएका भुवन थापाले श्रीबच्च,अष्ठभगत बनाउँदै थिए । जसमा देवदहको नक्सा र पाकरी वृक्षको आकृति रहेको छ । बुद्धको मामाघर देबदहलाई धर्मशास्त्र अनुसार काष्ठकलामा उतार्ने उनले बताए। त्यसैगरी अर्का कलाकार प्रथमराज बज्रचार्य तपस्यारत बुद्धको मूर्ति बनाउँदै थिए । उनले २० वर्षदेखि यस काममा रहेको बताउँदै बुद्धको मूूर्ति बनाउँदा खुशी लागेको बताए । त्यसैगरी महिला कलाकार अनमारी तामाङले यशोधरा र राहुलको आकृति बनाउँर्द थिइन् । उनी विगत ७ वर्षदेखि यस पेशामा संलग्न हुुँदै आएकी छन् ।
त्यसैगरी अर्का युवा कलाकार विशाल सारु मगर पनि काठको मुुडामा वायुुको चित्र बनाउन तल्लिन थिए । उनी यस कार्यमा विगत चार वर्षदेखि संलग्न छन् । ज्योतिनगरमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाण्डौ र बुद्ध सामुुदायिक वन उपभोक्ता समूहको आयोजना, ड्रिम देवदह युनिटी फर चेन्जको प्रवद्र्धन र देवदह नगरपालिका पर्यटन प्रवद्र्धन समितिको मुख्य संरक्षणमा कार्यशाला आयोजना गरिएको हो ।
देवदहको पर्यटन विकासमा सामूहिक योजना, सहकार्य, सहभागितामूलक रूपमा योगदान पुर्याउनुका साथै एक पार्क एक विशेषता गर्न सहयोग पुर्याउने उद्देश्यले कार्यशालाको आयोजना गरिएको बताउँदै आगामी वर्ष पनि अन्तराष्ट्रिय देवदह कला कार्यशाला आयोजना गर्ने सोँच अगाडी सारिएको ड्रिम देवदह युनिटी फर चेन्जका अध्यक्ष एवम् मूल आयोजक कमिटी सदस्य सिद्धिचरण भट्टराईले जानकारी दिए ।
बुद्धलाई जोडेर देवदहको पर्यटन विकासमा एउटा कोशेढुंगाको काम गर्ने तवरले यहाँ आउने पर्यटकको कम्तीमा एकदिन देवदहमा बसाई होस् भन्ने उद्देश्यका साथ काम अगाडी बढाइएको बुद्ध सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष टेक बहादुर रानाले बताए । कार्यशालामा करिब २० लाख खर्च हुने अनुमान गरिएको छ । ७ दिने कार्यशलामा १७ जना मूर्तिकारले २० वटा मूर्ति कुद्ने लक्ष्य रहेपनि १७ वटा बन्ने भट्टराइले बताए । अन्तर्रािष्ट्रय जैविक विविधता दिवसको अवसर पारेर जेठ ८ गते गत बुधबार सुरु भएको कार्यशाला आगामी १६ गते बिहिबार समापन गरिने छ ।
निर्मित काठका मूर्तिहरु सोही पार्कमा राखिने छ। निर्माणधिन पार्कको निर्माणलाई पनि तिव्रता दिइएको छ। सोही क्रममा स्थानीय आमा समूहहरुको बाक्लो उपस्थिति रहेको थियो । महामानव गौतम बुद्धको मावली घर ऐतिहासिक देवदहलाई प्रवद्र्धन र विकास गर्ने उद्देश्यले पर्यटकीय क्षेत्र बनाउने लक्ष्यका साथ पार्क निर्माणमा सक्रिय अभियान रहेको छ ।
प्रतिक्रिया