ताजा अपडेट »

इक्वेडरमा जेलमा भएको दङ्गामा परी ज्यान गुमाउनेको संख्या ७९ पुग्यो

विहीबार, १३ फागुन २०७७

ग्वायाक्युली, इक्वेडर। इक्वेडरमा गत मङ्गलबार जेलहरुमा भएको दङ्गामा परी ज्यान गुमाउने व्यक्तिको संख्या ७९ पुगेको प्रहरी स्रोतले बिहीबार जनाएको छ । इक्वेडरका राष्ट्रपति लेनिन मोरेनोले चार ओटा जेलमा एकसाथ भएको यस हिंसामा आपराधिक सङ्गठनको हात रहेको आरोप लगाएका छन् ।

मानवअधिकारवादी संस्थाले यसलाई हिंसालाई ‘अभूतपूर्व नरसंहार’ को संज्ञा दिँदै मुलुकमा सुरक्षाको अभावमा चिन्ता व्यक्त गरेको बताइएको छ । गत वर्ष पनि कैदीको विवादमा ५१ व्यक्तिको मृत्यु भएको थियो । गतवर्ष देशका अपराधी गिरोहको गतिविधि नियन्त्रण र हिंसा कम गर्न प्रयासको लागि जेलमा आपतकालिन अवस्थाको आदेश राष्ट्रपति मोरेनोले दिएका छन् । गत डिसेम्बरमा पनि जेल अस्थिरताको कारण ११ कैदी मृत्यु हुनुको साथै सात घाइते भएका थिए ।