ताजा अपडेट »

ड्रिमल्याण्डको स्तरोन्नती,यस क्षेत्रकै पहिलो चारतारे होटल

सोमबार, १३ जेठ २०७६

जेठ १३,
एन.बी.कंडेल /ग्लोबल आवाज
बुटवल । विगत लामो समयदेखि यस क्षेत्रमा गुणस्तरीय आतित्थ्य सेवा प्रदान गरी चर्चित बन्न सफल रुपन्देहीको तिलोत्तमा, मणिग्राम स्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्ट चार तारेमा स्तरोन्नती भएको छ । प्रदेश ५ को अस्थायी राजधानी बुटवल र आर्थिक केन्द्र मानिने भैरहवाको बिचमा रहेको यस रिसोर्टको स्तरोन्नतीले स्थानीय सेवाग्राहीसँगै आन्तरिक र बाह्य पर्यटक दुबैलाई गुणस्तरिय एवम् समय सापेक्ष सेवा प्रदान गरि पर्यटनमा समेत टेवा पुर्याउने रिसोर्टका सञ्चालक गोपाल रानाले बताए ।

तिलोत्तमाको मणिग्राममा संचालित यस रिसोर्ट यस क्षेत्रका उद्योगी, व्यवसायी, संघ–संस्था लगाएत अन्य सेवाग्राहीको पहिलो रोजाई बन्नुका साथै राम्रो साथ प्राप्त भएको हुुँदा समयको माग अनुसार रिसोर्टलाई चार तारेमा स्तरोन्नती गरिएको सञ्चालक गोपाल रानाले बताएका छन । उनले भने ‘मुलुुक समृद्धिको यात्रामा अघि बढिरहँदा प्रदेश ५ मा पनि थप सम्भावना र अवसरहरु देखिएका छन् । विशेषगरी पर्यटन क्षेत्रमा उत्साह जागेको छ । भैरहवामा अन्तराष्ट्रिय स्तरको विमान स्थल सुुचारु हुुँदैछ, बुटवलमा अन्तराष्ट्रिय स्तरको सम्मेलन केन्द्र बन्दैछ । यसले पनि हामीलाई आफ्नो गुणस्तर र सेवालाई पनि बढाउनुपर्ने आवश्यकता महसुस गराएको हो ।’

साढे चार बिघा क्षेत्रफलमा फैलिएको रिसोर्टमा करिब ४५ करोडको लगानी रहेको छ । ३३ वटा डिलक्स, २६ वटा सुपर डिलक्स तथा १ वटा सुईट रुम गरि जम्मा ६० वटा सुबिधा सम्पन्न कोठाहरु रहेको यस रिसोर्टमा १५,०० जना क्षमताको मल्टिप्रपोज हल ,२०० जना क्षमताको कन्फ्रेन्स हल, १५० जना क्षमताको मिटिङ हल, १०० जाना क्षमताको रेष्टुरेन्ट, भि.आइ.पि. लाउन्ज, हेल्थ क्लव, बार, कफि सप, बेबी पार्क तथा यस क्षेत्रकै ठुलो स्विमिङ पुल एवम् प्रसस्त पार्किङ सुबिधा रहेका छन् ।