ताजा अपडेट »

आज नेपाल बन्द: बुटवलमा पनि बन्दको प्रभाव

सोमबार, १३ जेठ २०७६

जेठ १३,

बुटवल । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज अर्थात जेष्ठ १३ गते नेपाल बन्द गरेको छ । तीर्थराज घिमिरेलाई प्रहरीले गिरफ्तार गरी हत्या गरेको विरोधमा पार्टीले नेपाल बन्दको घोषणा गरेको हो । बन्दको अघिल्लो दिन नै विभिन्न ठाउँमा बम विष्फोट भएका छन् भने विभिन्न ठाउँमा बम भेटिएको थियो ।

बन्दको कारण विहानैदेखि सार्वजनिक यातायातका साधन सञ्चालनमा आउन सकेका छैन भने बजार ठप्प बनेको छ । सबैजसो स्कुल, कलेज बन्द छन् भने सडकमा फाट्टफुट्ट रुपमा मात्रा निजी सवारी साधनहरु चलेको देख्न सकिन्छ । सडकमा बन्द आव्हानकर्ता नदेखिएपनि प्रहरी सतर्कता भने बढाईएको छ ।