जेठ १३,
इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमीटेडको आइपीओ आज (सोमबार) बाट खुलेको छ । सस्थाले ६ लाख ७४ हजार ३०० कित्ता आइपीओ निश्कासन गरेको हो । रु. १०० अंकित दरका आइपीओ खरीदका लागि छिटोमा जेठ १६ गते र सो बेलासम्म सबै बिक्री नभए असार १० गतेसम्म आवेदन दिनुपर्नेछ ।
इच्छुकले न्यूनतम १० कित्तादेखि अधिकतम ३३७० कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् । कुल निश्कासन हुने कित्तामध्ये म्युचअुल फण्डहरुका लागि ३३ हजार ७०० कित्ता, कम्पनीका कर्मचारीका लागि १० हजार ३७० कित्ता र बाँकी रहेको ६ लाख ४० हजार ३०० कित्ता सर्वसाधारणका लागि सुरक्षित गरिएको छ । आइपीओको निश्कासन तथा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटलले गर्नेछ । आइपीओपछि चुक्तापूँजी २० करोड ७४ लाख पुग्ने छ ।
प्रतिक्रिया