जेठ १२,
ग्लोबल आवाज
बुटवल स्थित बुटवल मण्डपमा वृहत प्रदर्शनी केन्द्र बन्ने भएको छ । वर्षौदेखि सो स्थानमा विभि मेला , महोत्सव,प्रदर्शनी हुँदै आएको छ । सो क्रममा अस्थायी संरचना निर्माण गर्दा अरबौं खर्च भएको छ । उद्योगी व्यवसायी संघ–संस्थाहरुले वर्षौंदेखि माग गर्दै आएको स्थायी प्रदर्शनी केन्द्र बुटवलमा बन्ने निश्चित भएको हो । शहरी विकास मन्त्रालयले रामनगरस्थित बुटवल मण्डपको ६ दशमलब ४ बिघा क्षेत्रफलमा अन्तर्रा्ष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र बनाउने भएको हो । एक अर्ब २ करोड रुपैयाँ लागतमा बन्न लागेको उक्त प्रदर्शनी केन्द्र काठमाडौंको भृकुटीमण्डपपछि सरकारीस्तरबाट बन्ने पहिलो हुनेछ ।
प्रदर्शनी केन्द्र निर्माणको काम बुटवल सभा हल तथा प्रदर्शनी केन्द्र निर्माण कार्यान्वयन इकाइमार्फत काम हुनेछ । प्रदर्शनी केन्द्र निर्माणका ठेक्का ’गौरी पार्वती जेभी’ कम्पनीले लिइसकेको आयोजना प्रमुख शिखर लामाले जानकारी दिएका छन् । दुई वर्ष ३ महिनाभित्रमा निर्माणको सम्पूर्ण काम सम्पन्न गर्ने लक्ष्य रहेको छ । उक्त प्रदर्शनी केन्द्रमा आठ सय वटा स्टलहरु रहने छन् । प्रर्दशनी केन्द्रमा एक पटकमा १० हजार जनाले अवलोकन गर्ने सक्ने ठाउँ राखेर ८ सय वटा स्टल बनाइनेछन् । ३६ हजार वर्ग्फिट क्षेत्रफललाई खुल्ला प्रदर्शनी स्थल बनाइने छ भने सवारी साधन र हेभी इक्युपमेन्ट लगायत प्रदर्शन गर्न सकिने छ ।
त्यस्तै आयोजना प्रमुख लामाका अनुसार प्रर्दशनी केन्द्रमा एक लाख १० हजार वर्ग फिट क्षेत्रफलको बाल उद्यान, चार सय वटा चारपांग्रे र चार सय वटा मोटरसाइकल राख्न मिल्ने एक लाख २० हजार वर्ग्फिट क्षेत्रफलको पार्किङ क्षेत्र बनाइने बताए । बुटवल मण्डपको साढे १६ बिगाहा जग्गामध्ये साढे १० बिगाहामा सम्मेलन केन्द्र बन्न लागेको हो । केन्द्रको भोली सोमवार बिहान यस क्षेत्रका प्रतिनिधि सभा सदस्य तथा नेकपाका महासचिव बिष्णु प्रसाद पौडेलले शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया