ताजा अपडेट »

बजेट बनाउँदै सरकार, घोषणापत्रका कार्यक्रम खोज्दै मन्त्रालय

आइतबार, १२ जेठ २०७६

जेठ १२ ,

काठमाडाैं ।  सरकार आउँदो आर्थिक बर्ष २०७६/७७ को बजेटलाई अन्तिम रुप दिने तयारीमा लागेको छ । अर्थमन्त्रालयले अन्य मन्त्रालय, नागरिक, जजनप्रतिनिधि तथा सरोकारवालाको सुझाबका आधारमा तयार पारेको बजेटलाई अन्तिम रुप दिँदै छ । अबको ३ दिन पछि सार्वजनिक हुने बजेटमा सबै मन्त्रालयले आ-आफ्नो प्राथामिकताको क्षेत्र सहित बजेटको सिलिङ तोकेर पठाएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पनि १५ अर्ब रूपैयाँ बराबरको बजेट अर्थ मन्त्रालयमा पेश गरेको छ ।

राष्ट्रिय योजना आयोगले तीन अर्बको हाराहारीमा मन्त्रालयलाई बजेट पेश गर्न सिलिङ पठाएपनि आन्तरिक रोजगारी व्यवस्थापनका लागि बजेट आवश्यक रहेको भन्दै मन्त्रालयले १५ अर्बको बजेट अर्थ मन्त्रालयमा प्रस्ताव गरेको हो । मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रम, समाजिक सुरक्षा योजना, वैदेशिक रोजगारी व्यवस्थापन गर्ने लगायतका योजनामा बजेट प्रस्ताव गरेको मन्त्रालयका सूचना अधिकारी केशव सुवेदीले  बताए ।