ताजा अपडेट »

दिपक र लालमायाको ‘चरी कहाँ बस्यो’ चर्चामा

आइतबार, १२ जेठ २०७६

युटुवमा एक लाख बढी भ्यु

दीपक दर्लामी

जेठ १२,

बुटवल । लोक दोहोरी गायक तथा गीतकार दीपक दर्लामी मगर र गायिका लालमाया थापाको सँयुक्त स्वरमा नयाँ गीत ‘ चरी कहाँ बस्यो’ सार्वजनिक भएको छ । यस गीतको शब्द, संगीत पनि दीपकले नै गरेका छन् । दीपक र लालमायालाई सामुहिक स्वरमा नारायण पाण्डे र सिमरन श्रेष्ठले साथ दिएका छन् ।

जसमा कृष्ण भान्जाको संगीत संयोजन र बिमल छिनालको रेकर्डिङ रहेको छ । सुमार्ग फिल्मस्को प्रस्तुति रहेको यो गीतको भिडियोमा अहिले चर्चामा रहेकी मोडल करिश्मा ढकाल र गायक एवम् मोडल रामजी खाँणले अभिनय गरेका छन् । गीत अनुसारको नृत्य भएकै कारण ‘चरी कहाँ बस्यो‘को भिडियोले दर्शकबाट निकै राम्रो प्रतिक्रिया पाएको गायक दर्लामीले बताए । काजिस श्रेष्ठले निर्देशन गरेको यो गीतको भिडियोलाई सागर गौतमले छायांकन गरेका हुन् । जसमा दीपक बिष्टको सम्पादन रहेको छ । दीपक र लालमाया दुुबै सञ्चारकर्मी पनि हुन् । उनीहरु बुद्ध सामुदायिक टेलिभिजन बुटवलका कार्यक्रम प्रस्तोता पनि हुन् । -बुद्धभूमि