जेठ १२,
बुटवल । तिलोत्तमा क्रिकेट विकास समितिको तेस्रो साधारणसभा शनिबार सम्पन्न भएको छ । साधरणसभाले अध्यक्षको बार्षिक प्रतिवेदन र कोषाध्यक्ष लक्ष्मी क्षेत्रीको आर्थिक प्रतिवेदन बहुमतले पारित गरेको छ । साधारणसभाले समितिका सदस्य गङ्गा बहादुर रानालाइ रिक्त रहेको लेखा समिति पदमामा मनोनित समेत गरेको छ । तिलोत्तमा क्रिकेट बिकास समितिले साधारण सभाको अवसरमा क्रिकेट खेलको विकासमा भूूमिका खेल्ने एक जना सञ्चारकर्मी र पूर्व खेलाडीलाई सम्मान समेत गरेको छ ।
जस अन्तरगत पत्रकार स्वस्तिक श्रेष्ठलाई समितिले सम्मान गरेको छ । क्रीकेटको विकासमा सन्चार क्षेत्रबाट महत्वपूर्ण भूमिका खेलेको भन्दै समितिले श्रेष्ठलाई नगद सहित दोसल्ला ओढाएर सम्मान पत्रले सम्मन गरेको हो । श्रेष्ठ पत्रकार महासंघ रूपन्देहीका कोषाध्यक्ष, बुटवल टूडे र कान्तीपुरमा आवद्ध सक्रिय पत्रकार हुन् । यस्तै समितिले क्रिकेटका पूर्व खेलाडी केवल सिंह रानालाइ पनि सम्मान गरेको छ । लामो समयसम्म क्रिकेट खेल खेलेर यसको बिकासमा योगदान गरेको भन्दै रानालाइ समितिले सम्मान गरेको हो । समितिका अध्यक्ष अच्युतराज ढुंगानाको अध्यक्षता, पूूर्व क्रिकेट खेलाडी तथा समितिका सल्लाहकार यम बहादुर रानाको प्रमुख आतिथ्यता र समितिका सदस्य श्रीराम नेपालीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन समितिका सदस्य मिलन भण्डारीले गरेका थिए ।
प्रतिक्रिया