जेठ १२,
बुटवल । गुरुद्वारा गुरुनानक सत संघद्वारा छविल(चिसो सर्वत)तथा प्रसाद वितरण कार्यक्रम सम्पन्न भएको छ । शनिबार बुटवलस्थित ट्राफिचोकमा भएको कार्यक्रममा १० हजार भन्दा बढीलाई सर्वत पिलाइएको संघले जानाकारी दिएको छ । सिख धर्मका प्रथम सहिद अर्जुन जी महाराजको सहिद पर्वको अवसरमा कार्यक्रम आयोजना गरिएको संघका अध्यक्ष सरदार भोला सिंहले बताए ।
कार्यक्रममा पैदलयात्री, स्थानीय व्यापारी, ग्राहक, बसयात्री, ईरिक्साका यात्री तथा चालक लगायत सेरोफेरोका सबैलाई हार्दिकताका साथ सर्वत तथा प्रसाद वितरण गरिएको थियो । विं।सं।२०२३ सालमा स्थापित संस्थाले प्रत्येक वर्ष शिख धर्ममा प्रथम सहिदको सहिद पर्वको अवसरमा प्रसाद तथा सर्वत वितरण गर्दै आएको बताए । उनका अनुसार विश्वभर यो पर्व मनाइन्छ । बुटवलमा एक दिन मात्र प्रसाद तथा सर्वत वितरण गर्दै आएको बताउँदै उनले भने ‘विश्वभर नै यो पर्व मनाइन्छ । भारतको पञ्जाबमा महिनाभर नै सर्वत र प्रसाद वितरण गरी मनाइन्छ भने अन्य देशमा पनि एक महिनासम्म मनाउने गरिन्छ ।’ बुटवलमा करिब १५ घर मात्र शिख परिवार रहेको उनले बताए । कार्यक्रममा अधिकांश शिख धर्मावलम्बीहरुको सहभागिता रहेको थियो । संख्यामा कम भएपनि धार्मिक सहिष्णुता र सद्भाव रहेको बताउँदै स्थानीय सबैबाट राम्रो सहयोग भएको उनले बताए । अधिकांश शिख धर्मावलम्बीहरु व्यापार÷व्यवसायमा संलग्न रहेका छन् । -बुद्धभूमि
प्रतिक्रिया