ताजा अपडेट »

कांग्रेसद्वारा बैतडीको डिलासैनी घटनाको निन्दा

बुधबार, ०५ फागुन २०७७

काठमाडौँ । नेपाली कांग्रेसले बैतडीको डिलासैनीमा पार्टीको कार्यक्रम भइरहेकोे समयमा नियोजित रूपमा आक्रमण गरिएको भन्दै सो घटनाको विरोध गरेको छ । कांग्रेसले पार्टीका केन्द्रीय सदस्यद्वय एनपी साउद र डा डिला सङ्ग्रौला, कांग्रेस बैतडीका सभापति नरेन्द्रजङ्ग थापालगायत स्थानीय नेतृत्व एवं नेविसङ्घका पूर्वसभापति नैनसिंह महर सहभागी कार्यक्रममा ढुङ्गामुढा भएको जनाएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै घटनामा परी पार्टीका केही साथीहरू घाइते भएको र केही सवारी साधनमा तोडफोड गरिएको उल्लेख गरेको छ । एक्कासी भएको आक्रमणपश्चात् पार्टीका तरुणहरूले तत्कालै प्रतिवाद गरेपछि कार्यक्रम सुचारू भएको कांग्रेसले जनाएको छ । प्रवक्ता शर्माले घटनाका दोषीहरू लाई तत्काल पक्राउ गरेर कारवाही गर्न सरकारसँग माग गरेका छन् ।