महिन्द्राको चर्चित एसयूभी स्कार्पियो नयाँ अवतारमा बजारमा उतार्ने तयारी भइरहेको छ । महिन्द्रा कम्पनीले सन् २०२० को सुरुवातमा सार्वजनिक गर्ने तयारी भएको अल न्यू स्कर्पियोको परिक्षण भारतको बिभिन्न स्थानमा भइरहेको छ । नयाँ डिजाइन र स्वरुपमा निर्माण भएको यो मोडल साविकको भन्दा केही ठूलो बनाइएको छ । नेपाली बाटामा अत्याधिक रुचाइएको यस एसयूभी बारे ५ तथ्य हामी यहाँहरुलाई जानकारी दिदैछौं ।
२.० लिटर डिजेल इन्जिन
महिन्द्राले स्कर्पियोमा २.० लिटर डिजेल इन्जिनको प्रयोग गरेको छ । यो इन्जिनले रेगुलर मोडलमा उपलब्ध २।२ लिटर एमहक युनिटलाई रिप्लेस गर्नेछ । यसले १६० हर्ष पावरका साथै ३२० एनएम टर्क उत्पादन गर्छ । फोर ह्वील ड्राइभ सिस्टममा आउने यो मोडलमा ६ स्पीड म्यानुअल गियरबक्स लगाउने कम्पनीले जनाएको छ ।
एमएनएटीसी सेकेन्ड भेहिकल कन्सेप्टलाइज
स्कर्पियोको चौथौं जेनेरेशन इटालियन डिजाइन हाउस पिनिनफारिनाको डिजाइनमा निर्माण भएको कम्पनीले जनाएको छ । यो अवधारणा महिन्द्रा नर्थ अमेरिकन टेक्निकल सेन्टरबाट प्रेरित रहेको छ ।
आकर्षक डिजाइन
कम्पनीले अल न्यू महिन्द्रा स्कर्पियोमा बडी अन फ्रेमको कन्स्ट्रक्सन दिइएको छ । यसको फ्रन्ट र रियरमा आकर्षक स्टाइल दिइएको छ भने स्कर्पियोको हेडल्याप परिमार्जन गरिएको कम्पनीले जनाएको छ ।
इन्टेरियर
यसको इन्टेरियरमा उत्कृष्ट विशेषता दिइएको छ भने क्याबिनलाई आकर्षक ढंगबाट सजाइएको छ । रेगुलर मोडलको तुलनामा नयाँ स्र्कोपियोको क्याबीन फिचर प्याक हुनेछ ।
बडी अन फ्रेम प्लाटफर्म
यो मोडल बडी अन प्लाटफर्ममा निर्माण भएको हो । यसले अफरोडिंग क्षमतालाई बढाउने कम्पनीले जनाएको छ । साथै, यसले इन्धन बचतसमेत गर्ने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया