ताजा अपडेट »

टीभीएस अपाचे आरआर ३१० अपडेटेड भर्सन आउदै

बुधबार, ०८ जेठ २०७६

जेठ ८,

२०१८ मा सार्वजनिक भएको टीभीएस अपाचे आरआर ३१० ले भारतीय बजारमा मध्यम स्तरको बिक्रि गरिरहेको छ । यही मे २८ मा भारतीय बजारमा अपडेटेड अपाचे आरआर ३१० सार्वजनिक हुने कम्पनीले जनाएको छ ।

कम्पनीले आरआर ३१० मा सामान्य परिर्वतन गरेर फेरि सार्वजनिक गर्न लागेको हो । कम्पनीले २०१९ को सुरुवातमा नै यो बाइकको पर्फमेन्स अपग्रेड गर्ने जानकारी दिएको थियो । यो बाइकमा कम्पनीले इन्जिन कन्ट्रोल यूनिट (इसीयू), केहि पार्टस तथा चेन रोलर अपडेट गरेको छ । इसीयू अपग्रेडले बाइकको थ्रोटललाई अझै सहज बनाएको छ ।

अपाचे आरआर ३१० मा ३१२ सीसी सिगंल सिलिन्डर लिक्विड कुल्ड, ४ भल्भ, इनक्लाइन रिभर्स एफआई इन्जिन रहेको छ । यो इन्जिनले ३४ पीएस पावर तथा २७ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियर बक्स रहेको छ । अपग्रेटेड आरआर ३१० मा स्लिपर कल्च दिनसक्ने अनुमान गरिएको छ । कम्पनीले भने स्लिपर कल्चको बारेमा कुनै जानकारी गराएको छैन ।