ताजा अपडेट »

जैविक विविधता दिवस : विश्वभरी मनाईदै

बुधबार, ०८ जेठ २०७६

जेठ ८,
काठमाण्डौ ।

आज विश्वभरी नै जैविक विविधता दिवसका रुपमा मनाईदैछ । जैविक विविधता र दिर्घकालीन पर्यटन नाराका साथ यो वर्ष दिवस मनाउन लागिएको हो ।

सन् १९९२ मे २२ मा ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न पृथ्वी शिखर सम्मेलनले जैविक विविधता महासन्धी अगाडि बढाउने निर्णय गरेसँगै सन् १९९४ देखि मे २२ का दिन जैविक विविधता दिवस मनाउन सुरु गरिएको हो । जेनेरियो सम्मेलनको निर्णयलाई सन् २००० डिसेम्बर २२ मा बसेको संयुक्त राष्ट्रसंघको महासभा बैठकको निर्णयसँगै प्रत्येक वर्ष २२ मे लाई अन्तराष्ट्रिय जैविक विविधता दिवसका रुपमा मनाउने घोषणा गरिएको थियो । त्यसयता हरेक बर्ष मे २२ का दिन विश्वभर जैविक विविधता दिवस मनाइदै आएको छ । नेपाल पनि जैविक विविधताले सम्पन्न देश हो ।