ताजा अपडेट »

सुक्खा मौसम सुरु भएसँगै फस्टाउँदो पानी व्यापार

बुधबार, ०८ जेठ २०७६

जेठ ८,

काठमाडौँ । सुक्खा मौसम सुरु भएसँगै काठमाडाँं उपत्यकामा पिउने पानीको अभाव चर्किन गरेको छ । उपत्यकावासीको मागको एक चौथाइ मात्रै पानी आपूर्ति भएका कारण यो सुक्खा समयमा पानीको समस्या चर्किएको हो । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का अनुसार उपत्यकामा हाल दैनिक ४१ करोड लिटर पानीको माग रहेको छ तर आपूर्ति दैनिक ११ करोड लिटर मात्र छ ।

तरण गर्दै आएको पानीमध्ये झण्डै तीन करोड लिटर त चुहावट हुने गरेको स्वयं केयूकेएलका कर्मचारी नै स्वीकार गर्छन् । उपत्यकाको जनसङ्ख्या २७ लाखलाई आधार मान्दा प्रतिव्यक्ति दैनिक उपलब्धता २५ लिटर छ । जबकि, उपत्यकामा एक व्यक्तिलाई दैनिक सरदर १३८ लिटर पानी आवश्यक हुने केयूकेएलै कभनाइ छ । 

भूमिगत र सतह गरी दुई स्रोत 

यूकेएलका प्रवक्ता प्रकाश राईका अनुसार उपत्यकामा वितरण हुने पानीका दुई स्रोत छन । एउटा सतह ( प्राकृतिक मूल, खोला, धारा, कुवा) अर्को भूमिगत (डिप बोरिङ) हुन । प्राकृतिक स्रोत शिवपुरी, फर्पिङ, सुन्दरीजल, मनोहरा, भक्तपुरमा गरेर मुख्य सात/आठवटा रहेको र भूमिगत स्रोत साना ठूला गरेर ८६ वटा सञ्चालनमा रहेको उहाँले जानकारी दिनुभयो । अहिले सुक्खा मौसममा प्राकृतिक स्रोत सुकेकाले हाल भूमिगत स्रोतबाट जोहो हुने पानी भण्डारण गरेर घर÷घरमा पु¥याइने गरेको केयूकेएलले जनाएको छ । 


पानी व्यापार फस्टाउँदो क्रममा


सरकारले मागअनुसार आपूर्ति गर्न नसकेपछि उपत्यकामा पानीको व्यापार पनि उत्तिकै चलेको छ । उपत्यका खानेपानी स्रोत तथा ट्याङ्कर व्यवसायी सङ्घका अनुसार दैनिक ट्याङ्करमार्फत पाँच करोड लिटर पानी आपूर्ति हुन्छ । यस्तै, जारमार्फत २० लाख र बोतलमार्फत करिब अढाइ लाख लिटर पानी व्यवसायीले बिक्री गर्दै आएका छन् । 

र्सेनि १० प्रतिशत थप माग


केयूकेएलका अनुसार काठमाडौँ उपत्यकामा बर्सेनि करिब १० प्रतिशत पानीको माग थपिन्छ । जति माग थपिन्छ त्यो सबै ट्याङ्कर र जारको पानीमा निर्भर रहनुपर्ने अवस्था आएको हो । केयूकेएल प्रवक्ता राईले वर्षाको समयमा उपत्यकामा दैनिक करिब १६ करोड लिटर केयूकेएलमार्फत वितरण हुन्छ । वर्षायाममा उपभोक्ताले दैनिक तीनदेखि आठ दिनमा एकचोटि पानी पाउँछन् तर अहिले दुई साता बित्दा पनि उपभोक्ताका धारामा पानी खस्दैन ।


चुहावट नियन्त्रण र्गन छिट्टै कार्यक्रम सञ्चालन


प्रवक्ता राईले पानीको चुहावट भन्नाले पाइप फुटेर बाहिरिने समस्या मात्र नभएर मिटरमा बिल नउठ्ने समस्यादेखि पानीको असमान वितरण पनि त्यसैमा पर्ने बताउनुभयो । खासगरी, पुराना संरचना र पाइपका कारण ठूलो परिमाणमा पानी खेर जाने गरेको उहाँको भनाइ छ । उहाँका अनुसार प्रवक्ता राईका अनुसार उपत्यकामा घर–घरमा पानी पु¥याउने कतिपय पाइपलाइन सय वर्षभन्दा पुराना पनि छन् । यसलाई नयाँ संरचनाले प्रतिस्थापन नगरेसम्म खानेपानी चुहावट रोक्न सकिन्न, प्रवक्ता राईले भन्नुभयो, त्यसैले केयूकेएलले चुहावट रोक्न गरी चालू आर्थिक वर्षभित्रै विशेष कार्यक्रम सञ्चालन गर्दैछ । 


विकल्पप्रति बेवास्ता


काठमाडौँमा सरकारी व्यवस्थापन बलियो हुन नसक्दा समस्या चुलिएको हो । विकसित मुलुकमा अभाव टार्ने गतिलो उपायका रूपमा खानेपानीको रिचार्ज (पुनर्भण्डारण) र पुनर्चक्रण विधि अपनाइने गरेको छ । आकाशे पानी सङ्कलनको प्रविधि त नेपालकै धेरै स्थानमा प्रयोगमा छ । काठमाडौँमा शौचालयबाहेकमा प्रयोग भएको पानी घर वरिपरि नै रिचार्ज गराउने उपाय पनि अवलम्बन हुन सकेको छैन । 


अभाव टार्ने विकल्प मेलम्ची 


उपत्यकाको पानीको अभाव टार्ने एक मात्र विकल्प मेलम्ची आयोजना हो । आयोजना निर्माणको समयसीमा थपिएको थपियै गर्दा काठमाडौँवासीको आशा ‘आकाशको फल’ बन्दै आएको छ । मेलम्ची आयोजना सम्पन्न भएपछि उपत्यकामा दैनिक १७ करोड लिटर पानी थपिनेछ ।-
सीता शर्मा  /गोरखापत्र