जेठ ७,
काठमाण्डौ । कामिरिता शेर्पाले आज बिहान ६ बजेर ३८ मिनेटमा २४ औँ पटक सरमाथाको सफल आरोहण गरेर कीर्तिमान कायम गरेका छन् ।
उनले आफ्नै रेकर्ड तोडेर नयाँ कीर्तिमान कायम गरेका हुन् । आरोहण कम्पनी सेभेन समिटका अनुसार शेर्पाले नेपाली मोहोडाबाट शिखर चुम्दै कीर्तिमान बनाउन सफल भएका छन् । आजको आरोहणसँगै ४९ वर्षीय कामिरिता २४ पटक सगरमाथाको चुचुरोमा पुग्ने संसारकै पहिलो आरोही बनेका छन् । यसअघि २३ चोटी सगरमाथा चढ्ने रेकर्ड पनि उनकै नाममा थियो । सन् १९९४ मा पहिलोपटक सगरमाथाको चुचुरोमा पाइला राखेका कामिरिताले २५ पटक सगरमाथाको शिर चुम्ने लक्ष्य रहेको बताउँदै आएका छन् ।
प्रतिक्रिया