कञ्चनपुर। प्रतिबन्धित लागुऔषध खैरो हिरोइनसहित बेलौरी नगरपालिका– ६ सुतिया नदी नजिकबाट भारतीय नागरिकलाई आज प्रहरीले पक्राउ गरेको छ । भारतको पिलिभित जिल्ला बम्मनपुर पधिरत सारदापुरी बस्ने वर्ष ३२ को सुच्चा सिंहलाई २० ग्राम ८० मिलिग्राम लागुऔषध खैरो हिरोइनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए । विशेष सूचनाका आधारमा पक्राउ परेका सुच्चालाई हिरासतमा राखी अनुसन्धानको कार्य भइरहेको छ ।
यसैगरी भीमदत्त नगरपालिका–१९ का विवाहसम्बन्धी कसुरका फरार प्रतिवादी वर्ष २५ का मायाचन्द पाललाई प्रहरीले ११ वर्षपछि आज पक्राउ गरेको छ । विसं २०६७ फागुन १८ गतेको कञ्चनपुर जिल्ला अदालतको फैसलाले चन्दलाई एक वर्ष कैद र रु पाँच हजार जरिवाना गरेको थियो । अदालतको फैसलापश्चात् चन्द फरार रहेका थिए । घरमै लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरी अदालतमा पेश गरी कैद भुक्तानका लागि कारागार चलान गरिएको प्रहरी नायब उपरीक्षक थापाले बताए ।
प्रतिक्रिया