सैनामैना । तेश्रो सैनामैना मेयर कप नकआउट फुटवल खेल प्रतियोगिताको चौथो दिन मुर्गिया फुटवल क्लव,सूर्योदय र नव कञ्चन फुटवल क्लव बीच प्रतिष्पर्धा सम्पन्न भएसागै प्रतियोगिताको पहिलो चरणका सम्पूर्ण खेलहरु सकिएको छ । मंगलवार सम्पन्न खेलमा नव कञ्चन फुटवल क्लबलाई ३–१ गोल अन्तरले पराजित गरी मुर्गिया फुटवल क्लब,सूर्योदय दोश्रो चरणमा प्रवेश गरेको छ। खेलमा मुर्गिया फुटवल क्लव,सूर्योदयका अरुण चौधरी म्यान अफ द म्याच घोषित भएका छन्
सैनामैना नगरपालिकाको आयोजना र जनप्रिय स्पोर्टिङ्ग युवा क्लव,देवापारको व्यवस्थापनमा भएको तेश्रो सैनामैना मेयर कप नकआउट प्रतियोगितामा रुपन्देही र कपिलबस्तुका १२ फुटवल टिमले सहभागिता जनाएका छन् । प्रतियोगितामा विजेता टिमले उपािधसहित २ लाख २२ हजार २ सय २२ रुपैंया नगद,कप र मेडल प्राप्त गर्नेछ। तयसैगरी प्रतियोगिताको उपविजेता टिमले १ लाख ११ हजार १ सय ११ रुपैया नगदसहित कप तथा मेडल प्राप्त गर्नेछ ।
प्रतियोगितामा अन्तिम ४ मा पुग्ने दुई समूहले सान्त्वना स्वरुप २०/२० हजार रुपैंया नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट खेलाडीले माउण्टेन साइकल वा १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । यस्तै उत्कृष्ट स्ट्राइकर, डिफेण्डर, गोल रक्षक, मिड फिल्डर, उत्कृष्ट कोच तथा सर्वाधिक गोलकर्तालाई नगद ५र५ हजार पुरस्कार प्रदान गरिने र प्रत्येक खेलमा म्यान अफ द म्याच घोषित हुने खेलाडीले जनही २ हजार रुपैया र अवार्ड प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतिक्रिया