ताजा अपडेट »

किसानलाई मिल्क क्यान तथा फार्म जैविक सुरक्षा सामग्री

मंगलबार, २७ माघ २०७७

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले दुध र अण्डा उत्पादक किसानहरुलाई मिल्क क्यान तथा फार्म जैविक सुरक्षा सामाग्री हस्तान्त्रण गरेको छ । बर्दघाट नगरपालिकाको पशुपन्छी विकास शाखाको आयोजनामा सोमबार आयोजित कार्यक्रममा बोल्दै नगर प्रमुख घिरज शर्मा बस्यालले बर्दघाट नगरपालिका अहिले दुध र अण्डामा अत्म निर्भर रहेको बताए ।

प्रमुख बस्यालले अहिले दुध र अण्डामा नगर अत्म निर्भर भएपनि यसको निरन्तरताका लागि किसान र सम्वन्धित सरोकारवालाहरुले अझै मिहिनेत गरेर निर्यात तर्फ लाग्नु पर्नेमा जोड दिए । कार्यक्रममा नगर उप प्रमुख माया देवि पौडेल, प्रमुख प्रशासकिय अधिकृत मेघराज पाध्य उपस्थित सो कार्यक्रममा अण्डा उत्पादन संघ नवलपरासीका अध्यक्ष गोविन्द थापा चन्द्रदोय सहकारी संस्थाका अध्यक्ष पूर्णप्रसाद तिमिल्सिना लगायतले आफुहरले उत्पादन गरेको अण्डा र दुध को उचित मुल्य र बजारिकरण मा नगरले ध्यान दिनु पर्ने र झनझटिलो र कानुनी व्यवस्था लाई परिमार्जित गर्नु पर्ने सुझाव दिएका थिए ।

सो अवसरमा पुर्ण अनुदानमा नगरका ब्यवसायिक किसानहरु मध्ये सिफारीस भई आएका नगर भित्रका १७ ओटा पोल्ट्री फर्मलाई चुच्चो काट्ने मेसिन सरसफाइृका लागी १६ लिटरको १७ वटा स्प्रे मेसिन, चुना र सिरिन्ज प्रदान गरिएको थियो भने दुग्ध उत्पादक ४० जना किसानलाई क्यान समेत वितरण गरिएको थियो जसमा ४० लिटरको २० वटा स्टील क्यान, २० लिटरको आल्मोनियम २० वटा क्यान वितरण गरिएको थियो । बर्दघाट नगरपालिकाको पशुपन्छी विकास शाखाको तथ्यांक अनुसार अहिले बर्दघाट नगरक्षेत्रमा व्यसाहिक गाई भैसी पालन फार्म २ सय २७ वटा रहेका छन । अहिले करिब २ हजार ५ सय दुधालु पशुवाट दैनिकरुपमा २३ हजार ५ सय दुध उत्पादन हुने गरेको नगरपालिकाको तथ्यांक रहेको छ ।

२०६८ सालको जनगणना अनुसार करिव ७३ हजार ५ सय जनसंख्या रहेको बर्दघाट नगरक्षेत्रमा १८ हजार ५ सय लिटर दुध दैनिक नगरमा आवश्कता पर्ने बर्दघाट नगरपालिकाका पशुपन्छी विकास शाखाका प्रमुख भरत लम्सालले जानकारी दिए । बर्दघाट नगरक्षेत्रवाट अहिले ५ हजार लिटर दुध दैनिक नगरवाहिर विक्रि हुँदै आएको छ । जसबाट दैनिक कृषकहरुले करिब ६ लाख ७० हजार अर्थात करिव २ करोड आम्दानी हुने गरेको नगरपालिकाको तथ्यांक रहेको छ ।

त्यसैगरी कुखुराको अण्डा उत्पादनमा पनि आत्मनिर्भर रहेको बर्दघाट नगरक्षेत्रमा बार्षिक करिव ११ करोडको कारोवार हुने गरेको बर्दघाट नगरपालिकाको पशुपन्छी विकास शाखाको तथ्यांक रहेको छ । बर्दघाट नगरमा अहिले १८ वटा लेयर्स पोल्ट्री फार्ममा करिब ८० हजार कुखुराहरु पालन गरीएको छ । जसबाट दैनिक ३० हजार गोटा अण्डा उत्पादन हुने गरेको जानकारी गराईएको थियो।