ताजा अपडेट »

२५६३ औं बुद्ध जयन्ती तथा लुम्बिनी भ्रमण वर्ष शुभारम्भ

शनिबार, ०४ जेठ २०७६


वैशाख ४,
ग्लोबल आवाज
बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी ग्राममा वृक्षारोपण गरेका छन्। उनले आँपको वृक्षारोपण गरेर २५६३ औं बुद्धजयन्तीको दिनको शुभारम्भ गरेका हुन् । वृक्षारोपणपछि प्रधानमन्त्री ओलीले म्यूूजियम अगाडि नेपालमा अहिलेसम्मकै सबैभन्दा अग्लो राष्ट्रिय झण्डा फहराएका छन् ।

लुम्बिनी विकास कोषले हरेक वर्ष आयोजना गर्ने बुद्ध जयन्ती तथा प्रदेश नम्बर पाँच सरकारले पहिलो पटक आयोजना गरेको लुम्बिनी भ्रमण वर्षको उद्घाटन कार्यक्रमसँगै हुने भएपछि लुम्बिनीमा त्यसको व्यापक तयारी गरिएको हो । कार्यक्रमको उद्घाटन भने राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी छन् । बुद्ध जयन्तीको अवसरमा प्रधानमन्त्री ओली शुक्रबार नै लुम्बिनी आएका थिए भने राष्ट्रपति विद्यादेवी भण्डारी आज आएकी हुन् ।

यतिबेला भने लुम्बिनीमा भव्यरुपमा २५६३ औं बुद्ध जयन्ती तथा लुम्बिनी भ्रमण वर्ष –२०७६ शुुभारम्भ कार्यक्रम सञ्चालन भइरहेको छ । जहाँ राष्ट्र प्रमुुखदेखि मन्त्री,सांसद् ,प्रदेशका मुख्यमन्त्री,सांसद् लगाएत जनप्रतिनिधि र विभिन्न विशष्ट व्यक्तिहरुदेखि सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको छ ।