वैशाख ३,
हलिउड अभिनेता इसाक क्यापीले आत्महत्या गरेका छन् । क्यापीले एरिजोनाको फ्ल्यागस्टाफ नजिक एउटा पुलबाट हाम्फालेर आत्महत्या गरेको यूएस टुडेको एक रिपोर्टमा बताइएको छ ।
४२ वर्षीय इसाकले सुपरहिट हलिउड फिल्म ‘थोर’ मा अभिनय गरेका थिए । आत्महत्या गर्नुअगाडि अभिनेता इसाकले इन्स्टाग्राममा एक सुसाइड नोट पनि पोष्ट गरेका थिए ।
‘मैले सधैँभरि सोचेंँ कि म एउटा राम्रो मानिस हुन सकुँ । तर, यस्तो हुन सकेन किनकि मैले यस्तो गर्न सकिनँ । मेरो छवि एउटा खराब मानिसको छ । मैले धेरै मानिसहरुलाई धोका दिएको छु । ड्रग्स लिन्थेँ र आफ्नो शरीरलाई पनि नोक्सानी पु¥याउथेँ । म आफूप्रति एकदमै लज्जित छु ।’ सुसाइड नोटमा लेखिएको छ । - एजेन्सी
प्रतिक्रिया