ताजा अपडेट »

उपत्यकाका जिल्लामा प्रेस सङ्गठन पुनः गठन

सोमबार, २६ माघ २०७७

काठमाडौँ । प्रेस सङ्गठन नेपालले काठमाडौँ, ललितपुर र भक्तपुरमा आफ्नो सङ्गठन पुनः गठन गरेको छ । काठमाडौँ उपत्यका प्रदेश कमिटीको बैठकले तीनै जिल्लाको सङ्गठन पुनः गठन गरेको हो ।

पुनः गठित सङ्गठनको काठमाडौँका संयोजकमा पुकार तिमिल्सना र सहसंयोजक ज्योति जिसी तथा नूरराज कँडेल, ललितपुर संयोजकमा बालमुकुन्द आचार्य र सहसंयोजक अशोक दुलाल तथा भक्तपुर संयोजकमा हेमराज ढकाल र सहसंयोजक अञ्जना शिल्पकार रहेका छन् । सङ्गठनको यही माघ ८ गतेको भेलाले गणेश बस्नेतलाई संयोजकको जिम्मेवारी दिएको थियो ।