ताजा अपडेट »

सैनामैना मेयरकप फुटबल : विनोदको ह्याट्रिकसँगै देउरालीको जीत

आइतबार, २५ माघ २०७७

बुटवल । रुपन्देहीको सैनामैना जारी तेश्रो मेयरक फुटबल प्रतियोगिता अन्तरगत आइतबारको खेलमा देउराली फोर ब्रदर्श नवलपरासी विजयी भएको छ । विनोद केवटको ह्याट्रिसँगै देउराली ५ शुन्य गोल अन्तरले विजयी भएको हो ।

सैनामैना नगरको आयोजना तथा जनप्रिय स्पोर्टिङ्ग युवा क्लबको व्यवस्थापनमा जारी प्रतियोगितामा देउरालीले बुद्धभूमि क्लबलाई पराजीत गर्दै अघिल्लो चरणमा प्रवेश गरेको हो । स्थानीय सरस्वती माध्यमिक विद्यालयको खेलमैदानमा भएको प्रतियोगिता अन्तरगत आज खेलमा पहिलो हाफ गोल रहित बराबरीमा रहे पनि दोस्रो हाफ बुद्धभूमिका लागि सुखद रहन सकेन ।

दोस्रो हाफ सुरु भएको ६ मिनेटमा नै देउरालीका विनोदले गोल गरी टिमलाई अग्रता दिलाए । १८ औं मिनेटमा पुनः गोल गर्दै अग्रतालाई दोब्बर बनाए । यसैगरी ३९ औं र ४० औं मिनेटमा क्रमशः सुर्य थापा र मोहन थापाले गोल गरी टिमलाई ४-शुन्यको अग्रता कायम गराए । खेलसकिन केही सेकेण्ड बाँकी रहेको अवस्थामा विनोदले पुनः गोल गर्दै आफ्नो नाममा ह्याट्रिक दर्ता गराउँदै ‘म्यान अफ दि म्याच’ घोषित भए । सोमबार भैरव एफसी नवलपरासी र चापाकोट यूनाइटेडका बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

https://www.globalaawaj.com/archives/79645