काठमाडौँ। क्रिकेट खेलाडी कुशल मल्लले डेब्यु गरेको टी– १० लिगमा उनले आवद्ध टिम आबुधाबी विजयी भएको छ । केहीबेर अघि सम्पन्न खेलमा टिम आबुधाबीले कलन्दर्सलाई २१ रनले पराजित गरेको छ ।
युनाइटेड अरब इमिरेट्स ९युएईको आबूधाबीमा जारी टी–१० लिगमा कलन्दर्सले टस जितेर फिल्डिङ रोेजेका थिए । टिम आबुधाबीले ब्याटिङ गर्दै निर्धारित १० ओभरमा ६ विकेटको क्षतिमा १२४ रन बनायो । एक सय २५ रनको विजयी लक्ष्य पछ्याएको कलन्दर्सले १० ओभरमा पाँच विकेट गुमाउँदै मात्र १०३ रन बनाउन सक्यो । कलन्दर्सविरुद्धको खेलमा डेब्यु गर्दै नेपाली अलराउण्डर कुशल मल्लले १२ बलमा १८ रनको योगदान दिए । उनले यस क्रममा एक छक्का र एक चौका समेत प्रहार गरे।
यसअघिका दुई खेलमा टिम आबुधाबीले मल्ललाई खेल्ने अवसर प्रदान गरेका थिए । मल्ल आज पौल स्र्टलिङ र लियोनार्दो जुलियनपछि तेस्रो नम्बरमा टिम आबुधाबीका लागि ब्याटिङ गर्न मैदानमा उत्रिएका थिए । उनले सातौं ओभरको चौथो बलमा कलन्दर्सका मोहम्मद जिहादले पेभेलियन फर्काएका थिए । युएईमा जारी टी– १० लिगमा मल्लका साथै नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का, सोमपाल कामी र करण केसीले खेलिरहका छन ।
प्रतिक्रिया