सैनामैना । जनप्रिय स्पोर्टिङ्ग युवा क्लब,सैनामैना-७ देवापार, रुपन्देहीको आयोजनामा शनिवारदेखि तेश्रो सैनामैना मेयर कप-२०७७ शुरु भएको छ। प्रतियोगिताको उद्घाटन खेलमा कपिलबस्तु जिल्ला फुटवल संघले आयोजक क्लव जनप्रिय स्पोर्टिङ्ग युवा क्लबलाई ८-० को गोल अन्तरले पराजित गरी अघिल्लो चरणमा प्रवेश गरेको छ ।
प्रतियोगिताको पहिलो खेलमा कपिलबस्तु जिल्ला फुटवल संघका सन्दीप चौधरी म्यान अफ द म्याच भई नगद २ हजार रुपैया र मेडल प्राप्त गरेका छन् । सैनामैना नगरपालिका र स्थानीय क्लब जनप्रिय स्पोर्टिङ्ग युवा क्लबको संयुक्त साझेदारीमा सञ्चालन भएको तेश्रो सैनामैना मेयर कपको शुभारम्भ सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले गरेका हुन् ।
सो अवसरमा बोल्दै सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले सैनौनाको खेलकूद बिकासका लागि सैनामैनाका हरेक संघसंस्थाहरुसँग निरन्तर सहकार्य गर्दै जाने बताएका छन् । तेश्रो सैनामैना मेयर कप नकआउट फुटवल प्रतियोगिताको शुभारम्भ गर्दै नगर प्रमुख कार्कीले ब्याडमिण्टनदेखि लोप हुन लागेको आर्चरी (धनुषबाण) खेलको विकास र सम्वद्र्धन गर्न नगरपालिकाले खेलकूद क्षेत्रमा आवश्यक बजेट व्यबस्थापन गर्ने बताएका छन् ।
राष्ट्रियस्तरको रंगशाला निर्माण भैसकेपछि फरक खालको खेलग्रामको रुपमा सैननमैनालाई बिकास गरिने लक्ष्यका साथ नगरका विभिन्न क्षेत्रहरुमा स-साना खेलमैदान, कवर्ड हलहरुको निर्माणलाई पनि उच्च प्राथमिकताका साथ अगाडी सारिएको नगर प्रमुख कार्कीले बताएका छन् । सैनामैनामा राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न निजी क्षेत्रबाट भइरहेको खेलकूद प्रतियोगिता र प्रशिक्षणले अवस्य पनि महत्वपुर्ण योगदान दिने कुरामा आफु बिस्वस्त रहेको बताउँदै नगर प्रमुख कार्कीले मेयरकप प्रतियोगिताले नया तथा स्थानिय खेलाडीहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुको खेलबाट अनुभव सिक्नुको साथै फुटवल खेलाडी उत्पादनमा सहयोग गर्ने उद्देश्यका साथ स्थानिय क्लवसँग नगरपालिकाले सहकार्य गर्दै आएको बताएका छन् ।
कार्यक्रममा रुपन्देही जिल्ला खेलकूद बिकास समितिका कार्यलय प्रमुख संगम सिंह थापा, अखिल नेपाल फुटवल संघ तथा नेपाल ओलम्पिक कमिटीका केन्द्रिय सदस्य दिर्घ बहादुर के.सी. नगर कार्यपालिका सदस्य देबी कार्की लगाएतले बोलेको कार्यक्रममा जनप्रिय स्पोर्टिङ्ग युवा क्लबका अध्यक्ष किशोर रानाको अध्यक्षता तथा क्लवका सचिव रोमनाथ न्यौपानेको सञ्चालन रहेको थियो ।
प्रतिक्रिया