बुटवल । रुपन्देहीको सैनामैनामा तेस्रो मेयर कप नकआउट फुटबल प्रतियोगिता आजदेखि सुरुहुँदै छ । सैनामैना नगरपालिकाको आयोजना तथा जनप्रिय स्पोर्टिङ क्लब सैनामैनाको व्यवस्थापनमा आयोजित प्रतियोगिताको उद्घाटन खेलमा आयोजक जनप्रिय र कपिलवस्तु जिल्ला फुटबल संघ बीच प्रतिस्पर्धा हुने भएको छ ।
सैनामैना-७ सरस्वती माविको खेलमैदानमा हुने प्रतियोगिता दिउसो साढे २ बजेदेखि हुने आयोजकले जनाएको छ । प्रतियोगितामा विभिन्न जिल्लाका १२ टिमको सहभागिता रहेको छ । आगामी फागुन ५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विजेता टिमले २ लाख २२ हजार २२२ नगद राशी सहित ट्रफि र मेडल प्राप्त गर्ने छ । यसैगरी उपविजेताले १ लाख ११ हजार १११ रुपैयाँ नगद राशी प्राप्त गर्ने छ भने अन्तिम ४ मा पुग्ने दुई समुहले नगद २०/२० हजार रकम प्राप्त गर्ने छन् ।
१६ हजार बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको प्रतियोगिताको विधागत रुपमा उत्कृष्ट खेलाडीलाई माउण्टेन साइकल, उत्कृष्ट स्ट्राइकर, डिफेण्डर, गोल रक्षक, मिड फिल्डर, उत्कृष्ट कोच तथा सर्वाधिक गोलकर्तालाई नगद ५/५ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतिक्रिया