ताजा अपडेट »

‘ व्यवसायीका समस्या समाधानका लागि कानुन बन्दैछ ’

बुधबार, ०१ जेठ २०७६

जेठ १,

बुटवल । प्रदेश पाँचका उद्योग पर्यटन बन तथा वातावरण मन्त्री लिला गिरीले प्रदेशलाई यातायात व्यबसाय मैत्री प्रदेशका रुपमा बिकास गरिने बताए । उनले यातायात व्यवसायीले भोग्नु परेको समस्याको समाधानका लागि प्रदेश सरकारले कानुन निर्माणकालागि ड्राफ्ट भइरहेको बताउँदै यातायात व्यवसायलाई व्यबस्थित बनाईने उल्लेख गरे । पश्मिाञ्चल यातायात व्यवसायी समितिमा नवनिर्वाचित पदाधिकारीको पदस्थापनका लागि बुधबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री गिरीले यातायात व्यवस्थापनको सबै अधिकार प्रदेश सरकारलाई भएपनि कानुन निर्माण नभईसकेकाले व्यबसायीमा अन्लयोलको भएजस्तो देखिएको उल्लेख गरे ।


यातायात व्यबसाय सेवामूूलक व्यबसाय पनि भएकाले अन्य व्यवसाय जस्तो कमाउ व्यवसाय नभएको बताए । उनले भारतमा १५ लाखमा पाइने गाडी र नेपालमा ५५ लाख रुपैंया पर्ने गाडी बिच प्रतिस्पर्धा हुनै नसक्ने भन्दै भारतीय गाडीको समस्या समाधानकालागि प्रदेश सरकार गम्भिर रहेको बताए । नीजि क्षेत्रले राज्यलाई गरेको योगदानको कदर हुन नसकेको भन्दै मन्त्री गिरीले यातायातको क्षेत्रमा नीजि क्षेत्रका व्यबसायीले सरकारले गर्नुपर्ने काम गरेको उल्लेख गरे । कार्यक्रममा बोल्दै नेपाल ट्रक यातायात व्यबसायी महासंघका निवर्तमान अध्यक्ष अर्जुन रानाभाटले भारतीय ढुवानीका गाडी निर्वाध रुपमा आउन पाउँदा नेपाली ब्यवसायी मारमा परेको बताउँदै भारतीय गाडीलाई भन्सारबाटै फिर्ता गरिदिनु पर्ने माग गरे । उनले ढुवानी ब्यवसायीकालागि पार्किङ, ढुवानी भाडा, ओभरलोड भारती गाडीका कारण समस्या व्यहोर्नु परेको बताउँदै नेपाली ब्यवसायी व्यबसायबाटै हात धुनुपर्ने स्थितीमा पुगेको बताए ।


कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेल, केन्द्रीय सदस्य बिरेन्द्र यादव, पूर्व अध्यक्ष महेन्द्र हमाल, गणेश पन्थ, गुप्तबहादुर केसी, रुपन्देही व्यापार संघका अध्यक्ष पदम श्रेष्ठ, निवर्तमान अध्यक्ष टिकाराम गौतम, नवनिर्वाचित अध्यक्ष यमप्रसाद पाण्डे, समितिका कानुनी सल्लाहकार महेन्द्र पाण्डे, कार्यालय प्रमुख बाबुराम अधिकारी लगायतले मन्त्री गिरीलाई यातायात क्षेत्रका समस्या समाधान गरेर व्यवसायीलाई निर्धक्क हुने वातावरण बनाउन माग गरेका थिए ।