जेठ १,
काठमाण्डौ । जेठ महिनाको पहिलो दिन बुधबार छापावाल सुनको भाउ घटेको छ । वैशाखको अन्तिम दिन मंगलबार तोलामा ६१ हजारमा कारोबार भएको छापावाल सुनको भाउ बुधबार ४ सयले घटेर ६० हजार ६०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुन तोलामा ६० हजार ३०० मा कारोबार भइरहेको छ । यस्तै चाँदीको मुल्य बुधबार स्थिर रहेको छ । चाँदी आज तोलामा ७२५ मा कारोबार भइरहेको छ । मंगलबार पनि चाँदी सोहि मूल्यमै कारोबार भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया