जेठ १,
काठमाण्डौ ।
मारुती सूजुकीले नयाँ कार (विग न्यु वागेन आर) नेपाल भित्रिएको छ । ठूलो साईज र ठूलै फिचर्सको यो कारलाई विग न्यु फिचर्स पनि भन्ने गरिएको छ । क्वालीटि राइडिङलाई ध्यानमा राखेर निर्माण गरिएको यो कार चर्चित टल ह्याच कार वागेन आर कम्प्याक्ट हो । दुईवटा इन्जिन अप्सन रहेको सो कारमा १ हजार सीसी के १० र १२०० सिसी के १२ मा उपलब्ध छ ।
एआर एआई सर्टिपाईड रहेको वागेन आरको इन्जिनले प्रतिलिटर २२.५ किलोमिटर माइलेज दिने गरेको छ ।सेफ्टीलाई बिशेष महत्व दिइएको यो कारमा ड्युअल एयरब्याग् (सबैका लागि) राखिएको छ । कार स्लिभ हुन नदिन एन्टि लक ब्रेकिङ सिस्टम पनि राखिएको छ । रिमाइन्डर (सिट बेल्ट लगाउनको वा नलगाएको थाहा पाउने) स्पिड सेन्सेटिक अटो डोर लक, सेक्रेटी अर्लाम रियल पार्किङ सेन्सर, चाइल्ड प्रुफ रियर डोर लक, फ्रन्ट फगल्याम्प लगायतका सिस्टम राखिएको छ । निकै नै आकर्षक फराकिलो र आरामदायी यो कारको १.० लिटर भि एक्स् आई मोडलको मुल्य २४ लाख ९९ हजार र १.२ लिटर भिरियन्टको मुल्य रु २७ लाख ९९ हजार तोकिएको छ ।
प्रतिक्रिया