जेठ १ ,
सिमकोट । सिमकोटबाट हिल्साका लागि हेलिकोप्टर उडान भर्न नेपालगंजबाट हवाई इन्धन ढुवानी सुरु भएको छ । मानसरोवर कैलाशको धार्मिक यात्रा सुरु हुने भएपछि नीजि एइरलाईन्स सीता एयरले सिमकोटका लागि इन्धन ढुवानी सुरु गरेको हो । सिमकोट विमानस्थलमा हेलिकोप्टरका लागि इन्धन आउन सुरु भएको सीता एयरका सिमकोट इन्चार्ज छेपाल लामाले बताउनु भयो । मानसरोवर कैलाशको सिजन सुरु हुने भएपछि उक्त इन्धन जिल्लामा आउन सुरु भएको हो ।
सीता एयरले नेपालगंजबाट एक फ्लाईट इन्धन ओसार्न सुरु गरेको र अब यो क्रम सिजन भरी जारी रहने उहाँले बताउनु भयो । सडक यातायात नजोडिएको हुम्ला जिल्लामा मानसरोवर कैलाशको धार्मिक यात्रा सुरु भए पनि आधा दर्जन नीजि क्षेत्रका हेलिकोप्टर कम्पनीका १० भन्दा बढी हेलिकोप्टरहरु सिमकोटबाट हिल्साका लागि उडान भर्न सिमकोट विमानस्थलमा नाईट स्टे गर्ने गरेका छन् ।
तिनै हेलिकोप्टरको उडान भर्न नेपालगंज, मुगु तथा नेपालगंजबाट जहाज तथा हेलिकोप्टरहरुले इन्धन भर्ने गरेका छन् । धार्मिक यात्रा गर्ने पर्यटकहरु ओसार्नका लागि एक सिजनमा करोडौंको इन्धन ढुवानी भएर खपत हुने गरेको छ । इन्धनको ढुवानी पनि चर्को हुने गरेको छ । अबको केही समयमा मानसरोवर कैलाशका यात्रा सुरु हुने भएको छ ।-गोरखापत्र अनलाइन
प्रतिक्रिया