ताजा अपडेट »

राज्यमन्त्री मानन्धरलाई विश्व कीर्तिमानीको प्रमाणपत्र

बुधबार, २१ माघ २०७७

काठमाडौँ। लगातार चार घण्टा पाँच मिनेट २० सेकेण्डसम्म गीत गाएर गिनिस वल्र्ड रेकर्डस कायम गरेका शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरलाई उक्त कीर्तिमानीको प्रमाणपत्र हस्तान्तरण गरिएको छ । भारतको नयाँ दिल्लीमा आयोजित कार्यक्रममा राज्यमन्त्री मानन्धरलाई भारतका सामाजिक न्याय तथा अधिकारिकता राज्यमन्त्री रामदास आठवलेले उक्त प्रमाणपत्र हस्तान्तरण गरे ।

मन्त्री मानन्धरले गत पुस १० गते सो अवधिमा गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा श्हरी विकास राज्यमन्त्री मानन्धरले नेपाल भारतबीच पौराणिक कालदेखि सम्बन्ध रहेको बताउँदै दुई देशबीचको सम्बन्ध थप सुमधुर बनाउन सबै पक्षले भूमिका खेल्नुपर्नेमा जोड दिए । मन्त्री मानन्धरसँग आज दिल्ली अध्ययन केन्द्रले अन्तरक्रिया आयोजना गरेको छ । भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय जोलीले कार्यक्रमको संयोजन गरेका छन् ।