वैशाख ३१,
हिरो मोटोकर्पले भारतीय बजारमा हिजो दुई स्कुटर मेस्ट्रो एज र हिरो प्लेजर सार्वजनिक गरेको छ । बजारमा आएको मेस्ट्रो एजमा आइथ्रीएस प्रविधिको साथै इन्जिन स्टार्ट अफ सिस्टम, ब्रेकिंग सिस्टम, सेमी डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, अप्सनल फ्रन्ट डिस्क ब्रेक, रिमोट कन्ट्रोल ओपनिङलगायतका विशेषता दिइएको छ । यसलाई कम्पनीले दुई भेरियन्टमा बजारमा ल्याएको छ ।
यसको फ्रन्टमा १२ इन्च र रियरमा १० इन्च अलोय ह्वील लगाइएको छ । यसमा उपलब्ध–१२५ सीसी फ्युल इन्जेक्टेड सिंगल सिलिन्डर एयर कुल्ड इन्जिनले ६७५० आरपीएमा ८.७ बीएचपी पावरका साथै ५००० आरपीएममा १०.२ एनएम टर्क उत्पादन गर्छ । यस्तै, सार्वजनिक भएको अर्को स्कुटर हो, हिरो प्लेजर । कम्पनीले यसमा रेट्रो स्टाइल अपराइट हेडल्याम्प दिइएको छ भने स्लिकर साइड प्यानल र ब्रुस सिल्भर प्लास्टिक इन्सर्ट लगाइएको छ । यसले स्कुटरलाई प्रिमियम लुक प्रदान गरेको छ । रियरमा रिडिजाइन टेल ल्याम्प दिइएको छ भने, हेडलाइट, अप्सनल अलोय ह्वील, अन्डर सिट स्टोरेज लाइट, युएसबी चार्जिङ पोर्ट लगाइएको छ ।
यसमा बीएस फोर १०२ सीसी सिंगल सिलिन्डर एयर कुल्ड इन्जिन लगाइएको छ जसले ७००० आरपीएममा ७ पीएस पावरका साथै ५००० आरपीएममा ८.१ एनएम टर्क उत्पादन गर्छ । साथै, इन्र्टेगे्रेटेक ब्रेकिंग सिस्टम र कम्बिङ ब्रेकिंग प्रविधिको प्रयोग गरिएको यो स्कुटरमा पनि अलोय ह्वील दिइएको छ । कम्पनीले मेस्ट्रो एजलाई ५८ हजार ५ सय र हिरो प्लेजरलाई ४७ हजार ३ सय भारु सुरुवाति मूल्य निर्धारण गरेको छ ।
प्रतिक्रिया