ताजा अपडेट »

सिद्धबाबा हस्पिटलमा आइसियू र सिसियू

सोमबार, १९ माघ २०७७

बुटवल । सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि बुटवलको एक कार्यक्रमका बीच ICU तथा CCU कक्षको प्रतिनिधि सभा संघिय संसद नेपाल महिला तथा सामाजिक समितिका पुर्व सभापति माननीय निरूदेवि पालबाट समुदघाटन सम्पन्न भएको छ । तीन बर्षदेखि विभिन्न सेवा प्रदान गर्दै आएको सिद्धबाबा हस्पिटलले स्थापना सङसङै जनताको मन जित्दै विभिन्न राेगीहरूलाई पुनर्जीवन दिएको छ।

हस्पिटलमा सामान्यदेखि जटिल राेगकाे विभिन्न माध्यमबाट उपचार गर्नुका साथै भेन्टिलेटर ,ICU मा डाइलासिस मेसिन सहितemergency Dialysis सेवाका साथमा जटिल किसिमका सल्यक्रिया समेत गर्दै आएको छ। बिरामीको मागलाई मध्यनजर राख्दै १४ बेडकाे ICU तथा CCU कक्षकाे उद्घाटन गरिएको अस्पतालका निर्देशक वरिष्ठ मुटु राेग विशेषज्ञ डा .दिपेश प्रधानले जानकारी दिए।

ICU तथा CCU कक्षको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि निरूदेवी पालले सिद्धबाबा हस्पिटल प्रा.लिले जनतालाई दिएको सुविधाकाे प्रशंसा गरी ,दीन दुखि र गरिब जनताको सेवामा जुट्न आग्रह गर्दै हस्पिटललाई नेपालकै नमुना बनाउने कार्यमा जुटनुकाे साथसाथै गरिबहरूकाे सारथीकाे रूपमा काम गर्न आग्रह गरे । समुद्घघाटन कार्यक्रमकाे अध्यक्षता वरिष्ठ मृगौला राेग विशेषज्ञ डा.शक्ति बस्नेतले गरेका थिए भने कार्यक्रमकाे संचालन हस्पिटलका प्रमुख प्रशासकीय अधिकृत प्रकाश न्याैपानेले गरेका थिए ।

उक्त कार्यक्रममा बाेल्दै हस्पिटल प्रालि का अध्यक्ष एवम् वरिष्ठ मृगौला राेग विशेषज्ञ डा शक्ति बस्नेतले यश हस्पिटलकाे सेवा सुविधामा वृद्धिगर्दै नेपालकै नमुना हस्पिटलका रूपमा परिणत गर्न लागिरहेकोे बताउदै छाेटाे समयमै बिरामीहरूकाे मन जित्न सफल भएकोमा सम्पूर्ण डाक्टर ,नर्स तथा कर्मचारीलाई धन्यवाद दिदै जाेस,जागर र कर्तव्यनिष्ठ भएर काममा लाग्न अनुरोध गर्नुका साथै २४ सै घन्टा विशेषज्ञ डाक्टर सहितको इमर्जेन्सी सेवा संचालन गर्दै आएको समेत स्मरण गराए ।