ताजा अपडेट »

कक्षा १२ को नतिजा प्रकाशित, (नतिजा यसरी हेर्नुहोस्)

सोमबार, १९ माघ २०७७

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गरेको छ। नतिजा अपलोड भइरहेको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ । नतिजा एनटीसी सिमबाट १६०० मा डायल गरेर हेर्न सकिने छ, बोर्डकै वैवसाइट www.neb.gov.np मा पनि नतिजा अपलोड भैसकेको बोर्डले जानकारी दिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलका अनुसार यस वर्ष चार लाख ३३ हजार विद्यार्थीले कक्षा १२ को परीक्षा दिएका थिए। परीक्षा गत मंसिर ९ गतेबाट सुरु भएर मंसिर १६ गते सकिएको थियो।