ताजा अपडेट »

श्रम गर्न लाज मान्नु हुँदैन

सोमबार, ३० बैशाख २०७६

भुने परियार

विमला/ ग्लोवल आवाज

वैशाख ३०,
बुटवल । पौरखी हातहरुलाई देश विदेशले फरक नपार्दो रहेछ । आफ्नै देशमा बसेर नै सुखद जीवनका लागि संघर्ष गर्नेहरुमध्यका एक दम्पत्तिको संघर्षमय जिवनशैली पस्कने प्रयत्न गरेका छौं ।
बुटवल ११, मैनावगरमा रहेकोे राजेश टेलर्सका संचालक हुन् भुने परियार बम्घा–१, गुल्मीमा जन्मिएका हुन् । साथीहरुसँग हाँस्दै, खेल्दै झोलामा कपि किलाब बोकेर स्कुल जाने उमेरमा लाहुर पस्नु परेको थियो उनलाई । बाल्यकालमै मुग्लान पसेका उनी झण्डै १८ वर्षपछि नेपाल फर्किए । दुई छोरा श्रीमतीलाई गुल्मीमा छोडे उनी साउदीतिर हानिए । छोराछोरी परिवारको उज्जवल भविष्यको सपना बोकेर विदेश पुगेका उनले नेपालीहरुको निकै दर्दनाक अवस्था देखे ।

नेपालीहरुको दुःख सम्झँदै उनी भन्छन्– “विमानस्थलमा उत्रनासाथ नेपालीहरुको विजोग देख्नुप¥यो । कम्पनीबाट लिन कोही नआएका कारण १५÷२० दिनदेखि पानी मात्र पिएर बाँचिरहेका थिए । हामीले नेपालबाट लिएर गएको चाउचाउहरु दियौं ।” परिवारसँग छुटिनुपर्दाको पीडा त छँदैछ । साहुको काम, समयमा खाना खान पनि पाइँदैनथ्यो । घाम, पानी केही भन्न नपाइने । जेनतेन गरेर अलिकति पैसा बचत गरी नेपालमै केही गर्ने योजनाले उनी फेरी नेपाल फर्किए । रगत पसिनाले कत्तिमात्र अरुको देशलाई सिँचित गर्नु, आफ्नै देशमा परिवारसँग बसेर दुःखै गर्नुपरे पनि गरौंला भन्ने विचार गरि नेपाल फर्किएको उनी बताउँछन् । नेपाल फर्किएपछि छोराहरु श्रीमतीसँगै बुटवलमा बसोबास थाले । भुनेलाई हरेक दुःख सुखमा साथ मिलेको छ श्रीमती कमलाको । २०६७ सालमा बुटवल झरेका उनीहरु टेलर्स सञ्चालन गरी बसेका छन् । “श्रीमानले जेन्स कपडाः कोट, पाइन्ट, सर्टहरु सिलाउनुहुन्छ । मैले लेडिज कपडाहरु सिलाउँछु, कमलाले भनिन् ।”

विदेशमा नेपालीहरुको दुःख देखेर, भोगेर फर्किएका भुने भन्दछन्–“नेपालीहरुको कामलाई सानो, ठूलो भनि तौलिन्छन् । श्रम कहिल्यै सानो हुँदैन । सबै श्रमको महत्व उत्तिकैे हुन्छ । श्रम गर्न लाज मान्नु हुँदैन । यदि श्रमको सम्मान गर्न जान्ने हो भने नेपालमा पैसा जतिपनि छ ।” उनी आफ्ना छोराहरुलाई पनि विदेश नजान आग्रह गर्ने गरेका बताउँछन् उनी भन्छन्ः– “अहिले खर्च कटाएर पनि मासिक ४० हजार आम्दानी हुने उनको भनाइ छ ।