बुटवल । ब्यायाम व्यवसायी संघ काठमाण्डौंले शहिद दिवसको अवसरमा आगामी वर्षको असोज ९ लाई राष्ट्रिय दिवसका रुपमा मनाउने भएको छ । संघले सो दिनलाई शारीरिक सुगठन एवम् शक्तितोलन राष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय गरेको छ । सहिद धर्मभक्त माथेमालाई नेपालको पहिलो शारीरिक सुगठनको खेलाडीको रुपमा लिइन्छ ।
‘उनको यस खेल प्रतिको लगाव र यसै खेलमार्फत तत्कालीन राजा त्रिभुवनका व्यक्ति प्रशिक्षकको रुपमा व्यवस्था परिवर्तनको लागि महत्वपूर्ण भूमिका खेली सहिद हुनुभएको हुनाले यस ब्यायाम व्यवसायी संघ काठमाडौंले उहाँको जन्म दिन अर्थात असोज ९ गतेका दिनलाई राष्ट्रिय शारीरिक सुगठन एवं शक्तितोलन दिवसको रुपमा मनाउने निर्णय गरेको छ ।’-संघद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
उक्त दिन सुगठन खेललाई योगदान पुर्याउने खेलाडि, प्रशिक्षक, निर्णायक, खेल पत्रकार एवम् व्यवस्थापकहरुलाई नगद राशिसहित सम्मान गरिने संघले जनाएको छ ।
प्रतिक्रिया