ताजा अपडेट »

मर्चवारमा धोती र टोपी साटासाट

आइतबार, २९ बैशाख २०७६

वैशाख २९,
ग्लोबल आवाज
बुटवल । रुपन्देहीको मर्चवारमा पहाडी मूलका र मधेसी मुलका व्यक्ति बीच आपसमा मधेशी समुदायको धोती र पहाडी समुदायको ढाका टोपी साटासाट गरि भाइचाराको सम्बन्ध बढाउने प्रयास गरेका छन् । विभिन्न सामाजिक काममा अग्रसर संस्था नमस्ते नेपालको आयोजनामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा प्रदेश ५ का कमिटि सदस्य बाबुलाल यादबले नेपालमा बहुजाति बहुभाषीहरुलाई एकआपसमा मिल्ने वातावरण निर्माण गरि विभेदको अन्त्य गरेर एकआपसमा भाइचाराको सम्बन्ध स्थापित गर्नुपर्ने बताए ।


त्यसैगरी पूूर्व मन्त्री तथा नेकपा प्रदेश सदस्य ओमप्रकाश यादव (गुल्जारी ) ले मर्चवारमा पनि पहाडी समुदायको बसोबास भए मर्चवारको विकास हुने बताए । सो अवसरमा जनता टेलिभिजन प्रदेश ५ प्रमुख पत्रकार लक्ष्मी के.सी.ले जातियता र क्षेत्रिय विभेदको अन्त्यको लागि मर्चवार जस्ता स्थानमा जनचेतनामूलक कार्यक्रम र युवाहरुलाई उत्पादनमूलक गतिविधिसँग जोड्नुपर्ने आवश्यकता रहेको बताइन् । कार्यक्रम नमस्ते नेपालका अध्यक्ष अर्जुन खरेलको अध्यक्षता र सदस्य निराजन खरेलको सञ्चालनमा सम्पन्न भएको थियो ।