वैशाख २८,
बुटवल । तिलोत्तमा नगर परिषदबाट विनियोजन गरिएको लक्षित बर्ग अन्तर्गतको आदिवासी जनजाती समुहको बजेट आर्थिक बर्ष समाप्त हुँदा समेत नगरपालिकाले खर्च गर्न ध्यान नदिएपछि नेपाल आदिवासी जनजाती महासंघ तिलोत्तमा आन्दोलनमा उत्रने भएको छ । नगरपालिका आफै र संघ–संस्थाबाट समेत बजेट खर्च गर्नतर्फ नगरपालिकाले कुनै पनि ध्यान नदिई आफुहरुलाई बेवास्ता गरेको भन्दै महासंघले चरणबद्धरुपमा आन्दोलन गर्ने भएको हो ।
नगर परिषद्बाट विनियोजन भएको ४० लाख बजेट हाल सम्म पनि खर्च गर्न नसक्नु आफैमा विडम्बना भएको महासंघ तिलोत्तमा नगर समितिले जनाएको हो । शनिबार मणिग्राममा आयोजना गरिएको पत्रकार सम्मेलनमा महासंघ नगर कमीटिका अध्यक्ष घनश्याम थापा(शंकर)ले नगरपालिकाले विनियोजीत बजेटमा नगरले वेवास्ता गरेको बताए । उनले विनियोजीत बजेट कुनै पनि लक्षित बर्गको संघ संस्था तथा स्वयम् नगरपालिकाले नै रकम खर्च गर्न नसकेको बताए । लक्षित बर्गको विनियोजीत बजेट विषयमा पटक–पटक ज्ञापन पत्र बुझाउँदा समेत यसमा नगरका प्रमुख कार्यकारी अधिकृत लगायतले वेवास्ता गरेको उनको आरोप छ ।
महासंघ नगर समितिले २०७६ बैशाख २९ गते देखि जेठ ३ गते सम्म सरोकारवाला निकायसँग अन्तरक्रिया तथा छलफल गर्ने, जेठ ४ गते देखि ७ गते सम्म तिलोत्तमा नगर कार्यालयमा धर्ना र विरोध सभा समेत गर्ने कार्यक्रम तय गरिएको जनाइएको छ । आफूहरुको माग सम्बोधन नभएमा नगरपालिकामा तालाबन्दी गर्ने सम्मको कार्यक्रम तय गरिएको महासंघ नगर समिति अध्यक्ष गाहाले जानकारी दिए ।
उता नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण सापकोटाले नगरपालिकाले लक्षित वर्गलाई भनेर आँफै बजेट छुुट्टाएपछि नदिने वा खर्च नगर्ने भन्ने अधिकारआफूसँग नभएको बताउँदै विधि र प्रक्रियासँगै कानूून अनुसार खर्च गर्नुुपर्ने बताए । उनले भने‘छुट्टाइएको बजेट खर्च गर्न प्रक्रिया नपुगेर हो । उहाँहरुले एकमुष्ठ माग गर्नुहुन्छ । अझैपनि २ महिना छ । विधि र प्रक्रिया पु¥याएर आउनुभयो भने लक्षित वर्गको अधिकार हो पाउनुहुन्छ ।’
प्रतिक्रिया