ताजा अपडेट »

समय भन्दा पहिले नै रौं फुल्न रोक्ने उपाए

शुक्रबार, २७ बैशाख २०७६

बाबा योगीराज /योगाचार्य एवं पञ्चगव्य आयुर्वेद विशेषज्ञ

ग्लोवल आवाज

वैशाख २७,

समय भन्दा पहिले रौ फुल्नुमा पेटको खरावि, रौंको जरामा हार्मोनको न्युनता एवं वंशाणुको कारणले मात्र हो तर आधुनिक फेसनप्रस्त जिवन शैलिले सानै उमेर देखि नै अनेकौं केमीकल प्रयोग गरेर रौलाई अप्राकृतिक तरिकाले अनेकौं स्टाईलको रूपरंगको कारण रौं फुलेको पाईएको छ ।
उपचार
क) उषापान – (विहान उठने वित्तीकै पिउने पानी)
राति सुत्ने समयमा एउटा तामाको भांडामा एक–डेढ लीटर पानी राख्ने । यदि कालो तुलसी पत्रहरु छन् भने ५–७ वटा रखिदिने र ढाकिदिने । यदि छैनन् भने पानीमात्रै भए पनि राख्ने, बिहान ब्रहममुहूर्तमा उठ्ने र सवैभन्दा पहिले पानी पिउने त्यसपछि मात्रै शौचादि जाने । ८ वर्ष देखि १२ वर्षसम्मका बालकहरूले एक गिलास, १२ वर्षदेखि १५ वर्षसम्मका किशोरहरूले दुई गिलास, १६ वर्षदेखि ३० वर्षसम्मका युवाहरूले ३ गिलास र ३० वर्षभन्दा माथिका व्यक्तिहरूले ४–५ गिलास पानी पिउनु पर्छ । यस प्रकार नियमित उषापान गर्नाले मलावरोध हुदैन, रोग प्रतिरोधात्मक शक्तिको वृद्धि हुन्छ । उषापान स्वस्थ एवं रोगी सबैले प्रतिदिन नियमानुसार पिउनु पर्दछ ।

ख) गोमूत्रसेवन

कामधेनु वशंका (स्थानिय) गाई जो वन, जंगल, चउर आदिमा चरेकाको ताजा मूत्र १०० मि.ली. लिने र एक सफा सुति कपडालाई आठ तह पटाएर उक्त गोमूत्रलाई आठ पटक छान्ने । त्यसपछि विहान र वेलुका खाना खानु भन्दा एक घण्टा पहिले तिस एम एल पिउने । गोमूत्र पान गरेको आधा घण्टासम्म केहि पनि खान, पिउन हुदैन । गोमूत्र सेवनले असमयमा रौं फुल्नेका साथै शरीरका अनेकौ रोगहरुमा रामवाणको काम गर्दछ ।
अथवा
गोमूत्र औषधादिअर्क सेवन

कामधेनुवंशका(स्थानिय) गाईकोमूत्र र जडिबुटिलाई वाप्सिकरण अर्थात डिस्टीलेसन गरेर तयार गरिएको अर्क बिहान–साँझ भोजन गर्नु भन्दा आधा घण्टा पहिला बिस एम.एल 20 ml सेवन गर्ने ।

नोटः–गोमूत्र एवं गोमूत्र अर्क खाएको आधा घण्टा सम्म केहिपनि खान र पिउन हुदैन । १५ बर्ष भन्दा मुनिका बच्चाहरुले चिकित्सकको सल्लाहमा मात्र प्रयोग गर्नु पर्दछ ।
ग) अमला चूर्णको सेवन
बिहान उषापान पछि र सुत्ने बेलामा अन्तिम वस्तुको रुपमा एक चम्चा अमला चूर्ण आधा गिलास पानीसँग खानाले असमयमा रौ फुल्ने, चेहराको कान्ति उडेको आदिमा पनि यो अत्यन्त फाईदा जनक छ साथै स्वर मधुर र शुद्ध पनि हुन्छ ।
घ) अमला एवं भृगंराजको प्रयोग
यवकुट अर्थात जौकादान बराबरका अमला ३० ग्राम लिने र राती ३०० ग्राम पानीमा भिजाउने । बिहान उठेर त्यसलाई हातले राम्ररी मिचे पछि भृगंराज झारलाई मसिनो गरि पिसेर त्यो भिजाएको अमलामा मिलाई त्यसलाई सम्पूर्ण रौ को फेदमा र रौंमा लगाई कुनै सफा सुति कपडाले रौं सहित पुरै बाध्ने । दुई घण्टापछि सफा पानीले धुने र रौ पुरै सुकेपछि १०० ग्राम शुद्ध नरीवलको तेलमा ५ ग्राम कपुर मिलाई बनाएको तेल रौंको फेदमा मालिस गर्दै लगाउने । यसको प्रयोगले रौं कालो, चम्किलो, नरम, लामो, हुन्छ ।
ङ) गुर्जो, अमला, गोखरु, घिउ र चिनी
गुर्जो, अमला, गोखरु यी सबैलाई चूर्ण बनाएर अलग अलग शिशिमा राख्ने र यि सबैको चूर्ण आधा आधा चमच एउटा भाडामा राख्ने र समान मात्रामा घिउ र चिनि मिलाई खानाले रौ कालो, बाक्लो, सुन्दर, चम्किलो हुन्छ ।
च) रिठा
राति सुत्ने समयमा दुई दाना रिठालाई साना साना टुकडा गरेर दुई गिलास पानिमा भिझाउने र बिहान नुहाउनु भन्दा पहिले त्यसलाई राम्रो संग मिचेर पुरै रौको फेदमा र रौमा लगाउने आधा घण्टा सुतीकपडाले टाउको बाध्ने र आधा घण्टा पछि राम्रो संग धुने रौ सुकेपछि नरिवलको शुद्ध तेलमा पाँच ग्राम कपुर मिलाई राम्रो संग लगाउनाले रौ बलियो, बाक्लो, कालो, लामो र चम्कीलो हुने र चाया, जुर्मा पनि हराएर जान्छन ।

छ) कालो तिल र भृगराज

कालो तिल र भृगराज चूर्ण बराबर मिलाई एउटा शिशिमा राख्ने र प्रत्येक दिन विहान शौचादिबाट निवृत भएर खालि पेट एक चमच दुई–तिन महिना सम्म खानाले रौ बाक्लो, काला, नरम,चम्कीलो र सुन्दर हुन्छ । यसले ४०÷४५ बर्षमा फुलेको रौ पनि कालो हुन्छ ।
ज) कागतिको रस
साबुन सेम्पुले नुहाए पछि मन तातो पानीमा राम्रा ताजा रसिला दुईओटा कागतिको रस मिलाउने र त्यसले पुरै रौ धुनाले रौमा सावुन सेम्पुमा भएको केमिकलको असर न्युन भन्दा न्युन पर्दछ र रौ बाक्लो र कालो पनि हुन्छ ।
यौगिक क्रिया
घृतनेति, रवरनेति, जलनेति र अनुलोम विलोम, कपालभाति र भस्त्रीका प्राणायाम, नियमित रुपले प्रतिदिन नियमअनुसार गर्नाले रौ सुन्दर, बलियो, चम्किलो र कालो हुन्छ ।
नोट: माथि बताएका र अगाडी बताईने कुनैपनि यौगिक क्रिया योगाचार्यको निर्देशनमा सिकेर मात्र आफुले गर्नु पर्छ, अन्यथा लाभको सट्टा हानि पनि हुने सम्भावना हुन्छ । साधुवाद
हिमलक्ष्मि आरोग्यधाम
सितगंगा १२, आरोग्यधाम (डोहोटे) अर्घाखाँची
सम्पर्कः– ९८५७०३४३३३, ९८१६४६५३६६
[email protected]