ताजा अपडेट »

लुम्बिनी प्रदेशमा कोरोना विरुद्धको खोप अभियान सुरु, पहिलो खोप मेसु खनालले लगाए

बुधबार, १४ माघ २०७७

बुटवल । लुम्बिनी प्रदेशसहित देशभर बुधबारबाट कोरोना भाइरसविरूद्धको खोप अभियान सुरू भएको छ ।लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको कोरोना भाइरसविरूद्धको खोप अभियानको सुरु मुख्यमन्त्री शंकर पोखरेलले गरेका छन् ।

लुम्बिनी प्रदेशमा पहिलो खोप लुम्बिनी प्रादेशिक अस्पतालका सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले लगाएका छन् । अस्पतालका १४ जनाभन्दा बढी स्वास्थ्यकर्मीले खोप लगाउने छन् । लुम्बिनीमा ३९ हजार ४ सय ९५ जनाको लागि ८७ हजार ६ सय ७९ डोज खोप आएको छ ।

https://www.globalaawaj.com/archives/76313