ताजा अपडेट »

फक्सवागनले खोल्यो आफ्नो पहिलो इलेक्ट्रीक कारको बुकिङ

शुक्रबार, २७ बैशाख २०७६

वैशाख २७,

फक्सवागनले आफ्नो पहिलो इलेक्ट्रीक ह्याचब्याक कार ल्याउने भएको छ । फक्सवागनले उक्त कारको प्रि–बुकिङ समेत खुल्ला गरेको छ । सो कारको नाम आइटी–३ रहेको छ । प्रि–बुकिङ खुल्ला गरेको केही दिनमा नै १० हजारले आफ्नो नाम दर्ता गराएको कम्पनीले जनाएको छ । 

फक्सवागन आइडी–३ सेप्टेम्बरमा हुने फ्राङकफर्ट अटो शोमा औपचारिक सार्वजनकि हुनेछ । कम्पनीले यो कार ३ रेगुलर भर्सन र १ एउटा स्पेसल भर्सनमा ल्याउने भएको छ । आइडी–३ स्पेसल भर्सनको मूल्य ४० हजार यूरोभन्दा केही कमबाट सुरु हुनेछ । यो कार कम्पनीले ३० हजार वटा मात्र उत्पादन गर्ने जनाएको छ । त्यस्तै आइडी–३ रेगुलर भर्सनमा मिडियम व्याट्री प्याक, विग व्याट्री प्याक र वेस व्याट्री प्याक रहनेछ । वेस व्याट्री प्याक आइडी–३ को मूल्य जर्मनीमा ३० हजार यूरो भन्दा कम पर्ने अनुमान छ । 

स्पेसल इडिसनमा मिडियम रेन्जको ५८ किलोवाटको व्याट्री हुने र यसले ४ सय २० किलोमिटर माइलेज दिने दाबी कम्पनीको छ । कम्पनीको आधिकारिक चार्जिङ नेटवर्कमा स्पेसल इडिसन १ वर्षसम्म वा २ हजार किलोवाटसम्म निःशुल्क हुनेछ । कम्पनीले आइडी–३ वार्षिक १ लाख युनिट उत्पादन गर्ने लक्ष्य राखेको छ ।