वैशाख २७,
रुपन्देही । शुक्रबार देखि २ वटा लघुवित्त कम्पनीको आईपिओ बजारमा आएको छ । जनसेवी लघुवित्त र स्वाभिमान लघुवित्तले एक साथ आईपिओ निष्काशन गरेको हो ।
जनसेवीले ४ करोड ६३ लाख ३० हजार बराबरको ४ लाख ६३ हजार ३ सय कित्ता आईपिओ निष्काशन गरेको छ । ४ लाख ३२ हजार ९ सय ९० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम एक हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् । जनसेवी लघुवितको केन्द्रिय कार्यालय पर्वत जिल्लाको कुस्मामा रहेको छ । हाल कम्पनीको पर्वत, बाग्लुङ्ग, म्याग्दी, गुल्मी, रुकुम, रोल्पा, कास्की, तनहूँ, लम्जुङ्ग र गोर्खा गरी १० जिल्ला कार्यक्षेत्र रहेको छ ।
त्यस्तै गरि स्वाभिमान लघुवित्तले १ लाख ९८ हजार ६ सय १० कित्ता आईपिओ निष्काशन गरेको छ । जस मध्ये १ लाख ८५ हजार ५ सय ८७ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । आईपिओमा न्युनतम १० कित्ता र अधिकतम हजार कित्ताको लागि आवेदन दिन सकिने छ । रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको कम्पनीको हाल चुक्ता पुंजी ४ करोड २० लाख रुपैयाँ छ । दुवै कम्पनीको आईपिओमा बैशाख ३१ भित्र आवेदन दिईसक्नु पर्नेछ ।
प्रतिक्रिया