वैशाख २६,
ग्लोबल आवाज
गुल्मी । गुल्मीमा हाटबजार निर्माण भएको ५ बर्ष बितिसक्दा समेत संचालनमा आउन सकेको छैन् । कृषकले उत्पादन गरेका बस्तुहरुलाई सहज रुपमा बिक्री वितरण उद्देश्यले निर्माण गरिएको गुल्मी तम्घास बजारमा नजिकै चारिखोलामा रहेको हाटबजार निर्माण कार्य पूरा भएको धेरै समय बित्दा पनि सञ्चालनमा आउन सकेको छैन् ।
०७० साल असोजदेखि निर्मण कार्य सुरु गरिएको हाटबजार २०७१ सालमा निमार्ण कार्य सम्पन्न भएको थियो । हाटबजार संचालनका लागि तत्कालिन जिल्ला कृषि विकास कार्यालयको १४ लाख, साबिकको जिल्ला बिकास समितिको ८ लाख , जिल्ला पशुसेवा कार्यलय गुल्मीको १० लाख, रेसुङ्गा नगरपालिकाको ५ लाख , हालै नगरपालिकाबाट ५ लाख र केन्द्रिय बजेटबाट ५ लाख रुपैया गरि कुल ४७ लाख लगानीमा निर्माण भएको हाटबजार सञ्चालनमा नआएको हो । हाटबजार भवनलाई वरिपरि तारवार गरेर ताल्चा मारेर बन्द अबस्थामा राखिएको छ । तम्घासको चिदिचौर रहेको हाटबजार खेल मैदान बिस्तार गर्न भन्दै भत्काएर नयाँ ठाउँमा निर्माण गरिएको हो । चिदिचौर रहुन्जेल प्रत्येक शनिवार हाटबजार बजार लाग्ने गर्दथ्यो ।
जुन प्रयोजनका लागि निर्मााण भएको हो सो नहुदास्थानीयहरुले चिन्ता ब्यक्त गर्न थालेका छन् । कृर्षकहरुले उत्पादन गरेका बस्तुहरुलाई बिचौलीयालेहरुले भन्दा पनि सिधै कृषकले आफै सहज रुपमा बिक्री बितरण होस भन्ने उदेश्यले हाट बजार सञ्चालन हुँदै आएको पनि थियो । रेसुङगा नगरपालिकका प्रमुख डिल्लीराज भुसालले भने नगरपालिकाले हाटबजार संचालनका लागि थप केहि बजेटको आबश्यकता रहेको बताए । उनले प्रदेश सरकारसँग बजेटको माग गरेको केहि बाकी काम पुरा गरेर अबको केही महिना भित्रैमा नै सञ्चालननमा ल्याएरै छाड्ने बताए । हाटबजारमा चिसियान सहितको केहि उपकारण पनि आवश्यक रहेकाले नगरपालिकासँग ठूलो रकम नभएकाले बजेट माग गरिएको नगरप्रमुख भुसालले बताए ।
प्रतिक्रिया