ताजा अपडेट »

निरुताको दरिलो कमब्याकको सपना सपनामै सीमित

विहीबार, २६ बैशाख २०७६

वैशाख २६,

काठमाण्डौ । दरिलो कमब्याकको प्रतीक्षामा रहेकी अभिनेत्री निरुता सिंह ‘दाल भात तरकारी’बाट निकै आशावादी थिइन् । नहुन् पनि किन ? ब्यानर नेपाली फिल्म उद्योगमा जमेकाहरुकै थियो । अभिनेता, अभिनेत्रीहरु एकसा एक । कथा, पटकथा उस्तै । दर्शक पनि निरुता जस्तै थिए । तर के गर्नु ?

जति ठूलो हस्तीहरुको भीड भएपनि फिल्म खोटो सिक्का निस्कियो । निरुताको दरिलो कमब्याकको सपना सपनामै सीमित रह्यो । यति मात्र भएको भए त हुन्थ्यो नि ! चुलबुले भूमिकाले दर्शकको मन टक्क अडेकी निरुता यो फिल्मको लाउड अभिनयले ठ्क्क झरिन् । एक त ओह्रालो लागिरहेको करियर, त्यसमा पनि कमब्याकमै आफ्ना फ्यानहरु रिसाउनु सुखद हुने कुरै भएन । यस्तै हो निरुताजी, हुनेहार निराश नहुनुस् । अर्को फिल्म गर्दा ब्यानर मात्रै नभएर कन्टेन्ट पनि विचार गर्नुहोस् । -शुक्रबार साप्ताहिक