ताजा अपडेट »

जागरण अभियानमा कुटाकुट

विहीबार, २६ बैशाख २०७६

वैशाख २६,
सिन्धुपाल्चोक । नेपाली कांग्रेसको जागरण अभियानका क्रममा कुटाकुट भएको छ । पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर कार्यकर्ताबीच सिन्धुपाल्चोकमा कुटाकुट भएको हो ।

झडपमा परेर तरुण दलका १ जना कार्यकर्ता घाइते  भएका छन्  । कांग्रेस केन्द्रीय सदस्य मोहन बस्नेतनिकट तरुण दल १ नम्बर क्षेत्रका समानान्तर समितिका अध्यक्ष चोकबहादुर श्रेष्ठ घाइते भएका हुन् । झडपपछि कार्यक्रमका सहभागीबीच भागभाग समेत मच्चिएको जनाइएको छ । उद्घाटन सत्रको सुरुको मन्तव्य राखेका देउवामाथि पार्टीकै देउवाविपक्षी कार्यकर्ताहरुले एकलौटी पार्टी चलाएको आरोप लगाएका र त्यसपछि देउवापक्ष र विपक्षबीच विवाद भएको हो ।