ताजा अपडेट »

व्यवस्थित बन्दै कपिलवस्तु सर्पदंश उपचार केन्द्र

बुधबार, २५ बैशाख २०७६

वैशाख २५,

कपिलवस्तु । कपिलवस्तु जिल्लाको बुद्धभूमी नगरपालिका २ गोरुसिंगेमा सञ्चालीत कपिलवस्तु सर्पदंश उपचार केन्द्र थप व्यवस्थित बन्ने भएको छ । नेपाली सेनाको नारायणदलगणको प्राविधिक र बुद्धभुमि नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित केन्द्रलाई थप व्यवस्थित गर्न बुद्धभूमी नगरपालिकाले एम्बुलेन्स ,इलेक्ट्रिक सामाग्रि,अक्सिजन लगाएतका उपकरण खरिद गर्न लागेको हो ।

विगतका वर्षहरुमा बिरामिको चाप बढे सँगै अक्सिजनको अभावका कारण बिरामिले समस्या भोग्नु परेकोले नगरपालिकाबाट थप बजेट माग गरि एम्बुलेन्स, अक्सिजन, इलेक्ट्रिक सामाग्रि, लगाएतका उपकरण थप गर्न लागिएको केन्द्रका व्यवस्थापक नबिन भण्डारीले बताए । केन्द्रमा प्रदेश ५ का अतिररिक्त भारतका विभिन्न स्थानबाट समेत उपचारका लागि बिरामी आउने गरेको केन्द्रका व्यवस्थापक भण्डारिले जानकारी दिए । सर्पले डस्ने वित्तिकै झारफुक गर्ने, डसेको ठाउँमा चिर्ने लगायतका कार्य नगरी तुरुन्त अस्पतालमा आउन उनले आग्रह गरे । दशवर्षअघि स्थापना भएको यो उपचार केन्द्रलाई प्रदेश नं ५ कै उत्कृष्ट केन्द्रका रुपमा विकास गर्न जनस्तर आवाज उठेको छ । २०७५ सालमा ८ सयबढी सर्पदंशका बिरामिले सो केन्द्रबाट उपचार सेवा लिएको केन्द्रले जनाएको छ ।