ताजा अपडेट »

च्याम्पियन्स लिगबाट बार्सिलोना बाहिरिए

बुधबार, २५ बैशाख २०७६

वैशाख २५,

काठमाण्डौ । च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा सर्वाधिक चर्चामा रहेका लियोनल मेस्सी दोस्रो लिगमा भने निकै आलोचित भएका छन् ।

उनलाई उनकै फ्यानहरुले आलोचना गरेका हुन् । पहिलो लेगमा दुई गोल गरेका लियोनल मेस्सी दोस्रो लेगमा भने खासै प्रभावशाली देखिएनन् ।दोस्रो लेगमा लिभरपुलले चार गोल गर्दै बार्सिलोनालाई पाखा लगाएपछि बार्सिलोनाका फ्यानहरु आक्रोशित भएका हुन् ।मिडिया रिपोर्टका अनुसार लियोनल मेस्सीले दोस्रो लेगमा पहिलो लेगमा जस्तै प्रभावशाली खेल देखाउन नसक्नुले उनी आलोचित भएका हुन् । उनीबाट धेरै अपेक्षा गरेका बार्सिलोना फ्यानहरु अन्ततः निराश बन्न पुगेका थिए ।