काठमाडौं । गण्डकी प्रदेशले प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । मुलपानी क्रिकेट मैदानमा सोमबार प्रदेश नम्बर(१ लाई २ विकेटले पराजित गर्दै गण्डकीले पहिलो जित निकालेको हो ।
प्रदेश(१ ले दिएको १ सय ३ रनको लक्ष्य पछ्याएको गण्डकीले ३७ ओभरमा ८ विकेट गुमाएर पुरा गर्यो । गण्डकीका लागि अर्जुन कुमाल र दिपक डुम्रेले समान ३५र३५ रन बनाए । अविशेक थापाले अविजित १३ रन बनाए । प्रदेश १ का मिनास थापा र शुभशंकर उराले २/२ विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश(१ ले २७ ओभर ४ बलमा अलआउट भएर १ सय २ रन बनाएको थियो ।
प्रदेश १ का कप्तान सिद्दान्त लोहनीले २४ रन बनाए । मिनास थापा २२ रनमा आउट भए । यस्तै, शुभशंकर उराले १२, दिपक पासवानले ११ र दिपेश कँडेलले १० रन बनाए । गण्डकीका लागि विशाल पौडेलले ह्याट्रिकसहित ४ विकेट लिए । उनले २७ ओभरको दोस्रो, तेस्रो र चौंथो बलमा विकेट लिदै ह्याट्रिक पुरा गरेका थिए । यस्तै, सुवास भण्डारीले ४ र विपिन खत्रीले २ विकेट लिए ।
प्रतिक्रिया