ताजा अपडेट »

ट्रकको ठक्करबाट एकको मृत्यु

शुक्रबार, ०२ माघ २०७७

कपिलवस्तुको शिवराज नगरपालिका–१ चैनपुरमा ट्रकको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना५ख ५०७५ नंको ट्रकले गए राति चैनपुर स्वर्गद्वारी गेट अगाडि ठक्कर दिँदा शिवराज–१ चैनपुर निवासी ५० वर्षीय हाउ थारूको घटनास्थलमै मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

बाक्लो हुस्सुका कारण दुर्घटना भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले बताए । तराईमा बाक्लो हुस्सु लागेकाले गति सीमित गरी सवारी चलाउनसमेत उन्ले आग्रह गरे । उन्ले दुर्घटना गराउने ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको बताए।