माघ ३,
पर्वत । पर्वतको कुश्मा नगरपालिकास्थित मालढुंगामा बस दुर्घटना हुँदा कम्तीमा ३ जनाको मृत्यु भएको छ । ३८ जना घाइते छन् ।
बिहीबार बिहान ७ बजे बेनीबाट नारायणगढका लागि छुटेको ग १ ख ६१०८ नम्बरको बस दुर्घटना हुँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।
मृतकहरुको सनाखत भइसकेको छैन । जिल्ला प्रहरी कार्यालय, पर्वतका प्रमुख डीएसपी भुवनेश्वर तिवारीले बस भीरबाट करिब ६० मिटर तल खसको बताए । उनका अनुसार घाइतेहरुको बाग्लुङ र पर्वत अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया